अर्थ-वाणिज्य

संसदीय समितिको कार्यादेशमा सहमति स् व्यक्तिको नाम नलेख्ने, संस्थाको नाम लेख्ने



काठमाडौँ १५ जेठ । गृहमन्त्री रवि लामिछानेमाथिको छानबिनका सन्दर्भमा सत्ता पक्ष र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदल बैठकमा गृहमन्त्री लामिछाने जोडिएका सहकारी र कम्पनीमा व्यक्तिको नलेख्ने संस्थाको नाम लेख्ने सहमति भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार संसदीय समितिको कार्यादेशमा गृहमन्त्री लामिछाने जोडिएका कास्कीको सूर्यदर्शन, चितवनको सहारा, रुपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको नाम उल्लेख हुनेछ ।
साथै त्यसमा लामिछाने प्रबन्धक निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कको नाम पनि उल्लेख गरिनेछ । तर त्यसमा गृहमन्त्री लामिछानेको नाम वा पद भने लेखिने छैन । त्यसमा गोर्खा मिडियामा बसेर गैरकानुनी काम गर्ने व्यक्तिहरूमाथि छानबिन गर्ने भाषा राखिने छ ।
यसअघि कांग्रेस लामिछानेको नाम नै कार्यादेशमा उल्लेख गर्नुपर्ने पक्षमा थियो भने सत्ता पक्ष लामिछाने जोडिएको संस्थाको नाम राख्न तयार थिएन । लामो रस्साकस्सीपछि सत्ता पक्ष र कांग्रेसबिच लामिछाने जोडिएको संस्थाको नाम राखेर टिओआर तय गर्ने लगभग समझदारी बनेको ती नेताले बताए ।संसदीय छानबिन समिति ७ सदस्यीय बन्नेछ । समितिमा प्रमुख प्रतिपक्षी कांग्रेस र सत्ता साझेदार एमालेबाट दुई–दुई, माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना सदस्य रहने छन् ।बैठकपछि कानुन मन्त्री पदम गिरिले पनि सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘निश्चित कम्पनीहरूको नाम उल्लेख हुन्छ । त्यसमा कसैले अपचलन गरेको छ भने जिम्मेवारीमा रहेका जो कसैमाथि पनि छानबिन हुन्छ । त्यस पछाडि पदको कुनै उल्लेख गर्नै पर्दैन ।’छानबिनका क्रममा दोषी ठहर हुने जो कोही पनि सजायको भागेदार हुने उनको भनाइ थियो । ‘जो कोही जिम्मेवारीमा छ भने पनि छानबिनको दायरमा पर्छ । छानबिन पछि दोषी छ भने त्यो कारबाहीको दायरमा आउनुपर्छ,’ गिरीले भने, ‘सजायको भागिदार बन्नुपर्छ । यही हिसाबले हामीले निष्कर्ष निकाल्यौँ ।’

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६