अर्थ-वाणिज्य

कपिलवस्तु मालपोत कार्यालयका नासु खनालविरुद्ध भ्रष्टाचार मुद्दा



कपिलवस्तु १७ जेठ ।भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले नायब सुब्बा खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।अनुसन्धानको सिलसिलामा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको अख्तियारको ठहर छ ।उनीविरुद्ध बिगो बमोजिम जरिवाना तथा कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६