अर्थ-वाणिज्य

अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु




दाङ १८ जेठ । तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको गरेको रा ७ प २५० नम्बरको मोटरसाइकल बिहीबार अपराह्न कुमगडीनजिकै ठोक्किएका थिए ।दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अटो चालक शान्तिनगर गाउँपालिका–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा घाइते छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६