अन्तर्राष्ट्रिय

सिक्किम क्रान्तिकारी मोर्चाले जित्यो ३२ मध्ये ३१ सीट : पूर्ब मुख्यमन्त्री चाम्लिङ दुवै क्षेत्रबाट पराजित




कपिलवस्तु २० जेठ । सिक्किम क्रान्तिकारी मोर्चा .एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार एसकेएमले ३१ सिटमा जित हात पारेको छ । त्यस्तै पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट९एसडीएफ०ले १ सिटमा चित्त बुझाउनु परेको छ ।
पूर्वमुख्यमन्त्री चाम्लिङ आफैं दुवै क्षेत्रबाट पराजित भएका छन् । पोक्लोक(कामराङ विधानसभा क्षेत्रमा पूर्वमुख्यमन्त्री चाम्लिङ सिक्किम क्रान्तिकारी मोर्चा९एसकेएम० का भोजराज राईसँग पराजित भएका हुन् । राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मत मात्र प्राप्त गरे । यस क्षेत्रमा भारतीय जनता पार्टीका अर्जुन राईले ७ सय ३९ मत ल्याए ।पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराएका हुन् । बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । वर्तमान विधानसभामा चाम्लिङ एसडीएफका एक्ला सांसद थिए । स्यारी विधानसभा क्षेत्रमा एसकेएमका कुंगा निमा लेप्चालाई हराउँदै एसडीएफका तेन्जिङ नोर्बु लाम्ठा विजयी भएका छन् ।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ ९पीएस गोले० भने रेनोक र सोरेङ(चाकुङ दुवै क्षेत्रमा विजयी भएका छन् । सोरेङ(चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा। एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराएका छन् । तामाङले १० हजार ४ सय ८० मत ल्याउँदा सुब्बाले ३ हजार ८४ मत ल्याए । त्यस्तै रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराए ।सिक्किममा एसकेएमले चुनाव जित्नुमा लोककल्याणकारी योजनाहरूलाई कार्यान्वयन गर्नु भएको विश्लेषकहरूको भनाइ छ । सिक्किमका नेपाली समुदायलाई लागेको ुविदेशीुको ट्याग हटाउन सफल भएको समेत एसकेएमको दाबी छ । केही दिनअघि सिक्किममा सरकार चलाएको ५ वर्ष पुगेको अवसरमा एसकेएमले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको थियो । त्यस्तै दलीय आधारमा हुने पञ्चायत चुनाव हटाइनुलाई पनि एसकेएमले आफ्नो उपलब्धिका रूपमा हेरेको छ ।

त्यस्तै शिक्षक, उपप्राध्यापकलगायतका अस्थायीखाले रोजगारलाई पनि एसकेएमको उपलब्धिका रूपमा हेरिएको छ । तामाङ सरकारले श्रमिकको ज्याला पनि मासिक १५ हजार भारतीय रुपैयाँ पुर्‍याएको छ । त्यस्तै गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने योजना पनि लोकप्रिय रहेको छ । त्यस्तै एक वर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई विभिन्न सहयोग र अनुदानलगायतका योजना पनि सिक्किमेली जनताले मन पराएको देखिन्छ ।सन् २०१९ को चुनावमा एसकेएमले १७ र एसडीएफले १५ सिट जितेको थियो । तर एसडीएफले उपनिर्वाचनमा २ सिट गुमाउन पुगेको थियो । एसडीएफका पवनकुमार चाम्लिङ र दोर्जी छिरिङ लेप्चाले २(२ सिटबाट जितेका थिए । उपनिर्वाचनमा भने एसडीएफले जितेका ती दुवै क्षेत्रमा एसकेएम विजयी भएको थियो ।

२५ वर्षदेखि सिक्किममा सरकार हाँकिरहेका चाम्लिङले चुनावमा पराजय मात्र भोगेनन्, आफ्नै सांसदहरूलाई पार्टीमा राख्न पनि सकेनन् । चुनाव जितेको केही दिनमा एसडीएफका १० सांसद बीजेपी प्रवेश गरेका थिए । उत्तरपूर्वी भारतीय राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति चालेको बीजेपी एसडीएफका १० सांसद भित्र्याउँदै सिक्किममा दोस्रो ठूलो दल बनेको थियो । बीजेपी प्रवेश गरेका २ सांसद भने पछि एसकेएम प्रवेश गरे ।तामाङको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको हो  । पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद् त्यागेर चाम्लिङ एडीएफले सन् १९९३ मा एसडीएफ गठन गरेका थिए । पार्टी गठनलगत्तै उनले भण्डारीको पार्टीलाई अल्पमतमा पारेका थिए । सन् १९९९ को निर्वाचनपछि चाम्लिङले बहुमत पाएर सरकार बनाएका थिए ।

चाम्लिड सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बने । उनी सिक्किमका पाँचौँ मुख्यमन्त्री हुन् । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीय हुन् । उनी २५ वर्षदेखि मुख्यमन्त्रीको कुर्सीमा थिए । उनले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडेका छन् । यसअघि वसु सबभन्दा बढी समय मुख्यमन्त्री हुने नेता थिए ।सिक्किममा पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुन् । इन्डियन नेसनल कंग्रेसबाट जितेका उनी सन् १९७५ मे १६ देखि १८ अगस्ट १९७९ सम्म मुख्यमन्त्री भएका थिए । त्यसपछि करिब तीन महिना अर्थात् १८ अगस्ट १९७९ देखि १८ अक्टोबर १९७९ सम्म राष्ट्रपति शासन लागू भएको थियो ।

करिब तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमको मुख्य मन्त्री बने । १८ अक्टोबर १९७९ देखि ११ मे १९८४ सम्म । उनी सिक्किम जनता परिषद् नामक पार्टीको नेता थिए । ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बीबी गुरुड मुख्यमन्त्री बने । करिब ११ महिनासम्म पुनस् राष्ट्रपति शासन लागू भयो ।८ मार्च १९८५ देखि १७ जुन १९९४ सम्म पुनस् नरबहादुर भण्डारी मुख्यमन्त्री बने । त्यो बेला यिनको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् बनिसकेको थियो । हाल सिक्किममा यो दलको कुनै अस्तित्व नै छैन । भण्डारीपछि १७ जुन १९९४ देखि १२ डिसेम्बर १९९४ सम्मको करिब ७ महिना सञ्चमान लिम्बू मुख्यमन्त्री बने ।

आइतबार सिक्किमसँगै अरुणाचल विधानसभा चुनावको पनि मतगणना भएको छ । ६० सिट रहेको अरुणाचल विधानसभामा बीजेपीले ४६ सिटमा जित हात पारेको छ । त्यस्तै नेसनल पिपल्स पार्टी ५, नेसनलिस्ट कंग्रेस पार्टीले ३, पिपल्स पार्टी अफ अरुणाचल २, भारतीय राष्ट्रिय कांग्रेस १ र स्वतन्त्र ३ जनाले जित हात पारेका छन् ।शनिबार सातौं तथा अन्तिम चरणको मतदान भएसँगै भारतमा १८ औं लोकसभाको चुनाव सम्पन्न भएको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा चुनाव पूरा भएको हो । १९ अप्रिलदेखि प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको छ । लोकसभाको मतगणना भने ४ जुनमा हुनेछ ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६