खोज–अनुसन्धान

रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्का अख्तियारमा



बुटवल, २२ जेठ । भैरहवाको रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालको भवन निर्माणका लागि १७ वटा कम्पनी प्रतिस्पर्धामा गएका थिए । तर आफू अनुकुलका कम्पनीलाई ठेक्का पार्न विना आधार र कारण १४ वटा कम्पनीका प्राविधिक प्रस्ताव अस्वीकृत गरी तीनवटालाई मात्र छनोट गरिएपछि ४ करोड बढी रकम चप्काउने चलखेल भएको व्यवसायीको आरोप छ । उक्त ठेक्काका लागि एन बी कन्स्ट्रक्सन कम्पनीले १७ करोड ,बाबुल कन्स्ट्रक्सन कम्पनीले १७ करोड ५० लाख रकममा भवन निर्माण गर्न प्रस्ताव हालेपनि ५ करोड बढी रकमको टेण्डर स्वीकृत गरिनुले ठूलो आर्थिक घोटालाको प्रष्ट संकेत मिलेको व्यवसायी नारायण भुसालले बताए । लुम्बिनी निर्माण व्यवसायी संघ रूपन्देहीले पत्रकार सम्मेलनमा गरी आफू अनुकुलको निर्माण कम्पनीलाई ठेक्का दिलाएको र प्रतिष्पर्धामा गएका कम्पनीहरू योग्य हुँदाहुँदै प्राविधिक प्रस्ताव स्वीकार गरेको संघकी अध्यक्ष मञ्जु भुसालले बताइन् । पुनः टेण्डर गर्न माग गर्दै उनले माग सम्बोधन नभए आन्दोलनमा जाने बताइन् । प्राविधिक प्रस्ताव छनौट पुन मुल्याङ्कन गर्न व्यवसायीको माग रहेको व्यवसायी जविन कक्षपतिले बताए ।
दर्ता भएकामध्ये कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गरिनुको उचित र जायज कारण दिन नसक्नुले मिलेमतो भएको प्रदेश उपाध्यक्ष नवराज श्रेष्ठले बताए । उक्त ठेक्काका लागि कविन्द्र निर्माण सेवा काठमाण्डौ, एपिएम कन्सट्रक्सन एण्ड विल्डस प्रा।लि काठमाण्डौ र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनी प्रा।लि काठमाण्डौको प्राविधिक प्रस्ताव स्वीकृत गरी बोलपत्रदाताहरुको नाम छनोट गरिएको र नव सिर्जनशिल कन्सट्रक्सन कम्पनीलाई २२ करोड २९,१०,०९७।९१९मु।अ।कर समेत० रुपैयामा बोलपत्र स्वीकृत गरीएको छ । प्रस्पिर्धामा गएका कम्पनीहरुको प्राविधिक प्रस्ताव अस्वीकार गर्नुको कारण खुलाई सो को सत्यतथ्य आधार बाहिर ल्याउन र पुनः मूल्याङ्कन गराई स्वच्छ प्रतिस्पर्धामा भाग लिने वातावरण बनाउन निर्माण व्यवसायीको माग छ । व्यवसायीहरुले विभिन्न सरकारी निकायहरुबाट समयमै भुक्तानी नपाएको , साईट क्लीयर नभई ठेक्का निकाल्दा निर्माण कार्य समयमै सम्पन्न गर्न नसकिएको र बजेटको सुनिस्चीतता नहुदै ठेक्का निकाल्ने परीपाटीले निर्माण कार्यहरु अलपत्र परेको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६