अर्थ-वाणिज्य

रोजगार मेला उपलब्धि कम होहल्ला अधिक



बुटवल, २४ जेठ । बुटवल देवीनगरका मनोज पोखरेले मेलामा आफु र आफ्ना आफन्तका लागि केहि अवसर छ कि भनेर खोज्दै थिए । मेलामा घुमि सकेपछि उनलाई मेलाले रोजगारीको अवसर श्रृजना गर्न सक्छ भन्ने विश्वास कम लागेको बताए । उनी भन्छन्, “यति छोटो समय छ यहाँ आएर अवसर खोज्नेहरू वर्गसम्म सुचना पनि पुग्न सकेको छैन । नजिकै शहरमा बस्नेहरू आए पनि गाँउ केन्द्रित युवा वर्ग यहाँसम्म आएर अवसर पाउछन् जस्तो लागेन । हेर्दै गर्दा कोसँग रोजगारी छ भन्ने नै पत्तो लाग्दैन । खाली फर्म भर्नु र फोन नम्बर दिनु मात्रै भन्छन् । यसले के रोजगारीको अवसर प्राप्त होला ।”

बुटवलको बुद्धनगरबाट मेलामा आएकी ३५ वर्षकी तारा पोखरेलले मेलाले रोजगारीको खोजी गरिरहेकाहरूलाई रोजगारदातासम्म जोड्ने पुलको काम गरेको बताईन । उनी भन्छिन्, “म पहिले पनि यस्तै संस्थाले दिएको तालिम लिएर कम लगानीबाट माला बनाउने काम गरे । मेलाले केहि अवसर छ कि भनेर आएकी हुँ । यहाँ आएर मैले व्यवशायिक प्रशिक्षण केन्द्र बुटवलको फर्म भरेकी छु । छनोटमा परे भने मैले ब्यूटिसियन तालिम लिएर अझै आफुलाई व्यवसायिक बनाउन सक्छु की भन्ने छ । तर कसरी छनोट गर्ने हुन आधार के–के छन् केहि थाहा भएन । कोहि रोजगारदाता भेटिएका नि छैनन् । त्यसै फर्म भरेर नम्बर छाडेको छु ।”

मेलामा भेटिएका बुटवल नयाँगाँउका मदन कुवँरलाई मेलाले सन्देश दिन खोजे पनि रोजगारी समस्या समाधान गर्न नसक्ने तर्क गर्दछन् । उनी भन्छन्, “समाजमा गाँउमा घरै पिच्छे रोजगारी नपाएका छन् तर मेलामा सहभागीता देखिन ।” उनले थपिन्, “खै त मेलामा जुन उत्साह हुनुपर्ने हो त्यो छैन । जुन अवसरको खोजी गरिरहेको जमात यहाँ आईपुगेको छैन । यहाँसम्म रोजगारीका लागि नआउनु भनेको राज्यको कमजोरी हो ।” उनी भन्छिन्, “हाम्रा तीन वटै सरकारले जनताका लागि गर्ने भनेको काम नै कहिल्यै पुरा र जनताको हितमा गर्ने गरेका छैनन् । त्यसैले यो मेलाको पनि धेरै युवा वर्गलाई विश्वास नलागेको हुनसक्छ ।”

बुटवल कालिका हेमन्त अर्याल निःशुल्क सीप सिकाएर स्वरोजगार बनाउँछौं भन्ने कुरा राम्रो हो यहाँ धेरै राम्रा अवसरहरू पनि पाउन सकिन्छ । सरकारले रोजगारदाता र रोजगारको खोजी गरिरहेकाहरू बीच पुलको काम गरेका छ । यो राम्रो पक्ष हो तर यहाँ अहिले भईरहेको अवस्थालाई व्यवस्थित गर्न जरुरी छ ।

उमेरले भर्खरै १८ वर्ष पुगेकी अम्बिका सुनार रोजगारीको अवसरसँग जोडिन पाईन्छ भनेर मेलाको बताउछिन् । सुनार भन्छिन्, “बुटवल उपमहानगरपालिकाले गरेको सुचना सुनेर आएकी हु । खै यहाँ केहि मेसो पाउन सकेकी छैन । व्युटिसिनको तालिमका लागि फर्म भरेकी छु अवसर आयो भने निःशुल्क सिक्न पाईने । सिप सिक्न पाए रोजगारीका लागि भौतारिन नपर्ने अवस्था हुन्छ ।”

आफ्नो हातको सीप जसरी नि बेचेर बाँच्न सकिन्छ भन्ने सोचेर आएको हो । सीप जहाँ पनि सिक्न पाईन तर धेरै लगानी गर्ने पर्ने अवस्था हुन्छ मसँग पैसा पनि छैन । आर्थिक अवस्था मध्यम छ त्यसैले यहाँ निःशुल्क भन्ने सुनेर आएको हो । तालिम लिन पाए त मेला आयोजना गरेको पनि सार्थक हुन्छ । तर खै कसरी छनोट गर्छन् हामीलाई थाहा नहुने सरकारको काम आफ्ना नजिकका मान्छे राख्ने हुन कि साच्चै मेलामा आएर रुचि देखाएकाहरूलाई दिने हुन् ।” सुनारले मेलालाई अवसरका रूपमा लिएकी छन् । उनले सरकारले दिएको यो अवसर धेरै भन्दा धेरै युवाहरूले लिनुपर्छ भन्छिन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ बुधबार सुरु भई विहिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा समापन हुने भएको छ । मेलाबाट धेरैले अवसर लिने मेला संयोजक लोकनाथ भुसालले विश्वास व्यक्त गरे । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ, बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा शुरु भएको हो । रोजगार मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालालाई एकै ठाउँमा ल्याउने विश्वास लिइएको छ । मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा विवरण सङ्कलन पनि गरिने छ ।

जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट शुरु भएको श्रमाधान रोजगार मेला, मधेश प्रदेशमा र गण्डकी प्रदेशको पोखरामा पनि सम्पन्न भइसकेको छ । रोजगार मेला कर्णाली प्रदेशमा बीरेन्द्रनगरको सुर्खेतमा यही जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते सञ्चालन हुने आयोजकले बताएका छन् ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६