अर्थ-वाणिज्य

नयाँलाई अवसर दिने गरी मन्त्री मण्डल पुनरगठनको तयारी




काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउनेबारे आन्तरिक गृहकार्य थाल्नुभएको छ ।प्रधानमन्त्री दाहालले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अघि बढाउनु भएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सुरुवाती चरणदेखि सरकारमा सहभागी भएका पार्टीका केही मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अघि बढाउनु भएको छ ।
प्रधानमन्त्रीको योजनाअनुसार माओवादीबाट सरकारमा रहेका पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनेबारे छलफल अघि बढेको छ । तर निश्कर्ष भने आइसकेको छैन । बालुवाटार स्रोतका अनुसार दोहोरिएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिने प्रधानमन्त्री दाहालको चाहना रहेको छ ।अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ हुनुहुन्छ ।
अर्थमन्त्री पुन र पर्यटनमन्त्री तामाङबाहेक सबै पुराना मन्त्री हुनुहुन्छ ।प्रधानमन्त्री दाहालले पर्यटन मन्त्रालयको नेतृत्व दिएर सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाउनु भएको खुलासा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले नै गरिसक्नु भएको छ । प्रधानमन्त्रीले बचन दिइसकेकाले तामाङलाई पनि फिर्ता बोलाउने वा मन्त्रालय हेरफेर गर्नुपर्ने हुन्छ ।स्रोतका अनुसार प्रधानमन्त्री दाहाल तामाङको मन्त्रालय परिवर्तन र पुराना मन्त्रीलाई फिर्ता बोलाउने सोचमा हुनुहुन्छ । तर उपप्रधानमन्त्री श्रेष्ठ आफूबाहेक अरुलाई मात्रै फिर्ता बोलाउनु पर्ने अडानमा रहनुभएको छ । सोही कारण दाहाल दुविधामा पर्नुभएको छ ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६