अर्थ-वाणिज्य

सरकारमा एकसाथ दलित सहित ५ महिला मन्त्री नियुक्त



जनकपुरधाम । प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् ।शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरुमै दलित समुदायकी सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् ।मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीबाट सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंग राज्यमन्त्री बनेकी छन् । राज्मन्त्री खंगले आफ्नो समुदायबाट आफू पहिलोपटक मन्त्री बन्दा ठूलो जिम्मेवारी काँधमा आएको बताइन् ।

‘मेरो पार्टी जनमत पार्टीले सबै मधेशीहरुको पक्षमा काम गर्छ । कुनै एक जातको पक्षमा होइन सबैको सहभागिता र समावेशितालाई सम्मान गरेको छ,’ राज्यमन्त्री खंगले भनिन्,‘मैले आफ्नो क्षमताअनुसार काम गर्नेछु ।’१४ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा ३ जना महिलाले मन्त्रीको जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीले लुंगेली, नाउपाले चौधरी, र नेपाल संघीय समाजवादीले अन्सारीलाई मन्त्री बनाएको छ । यता एमालेबाट शारदादेवी थापाले राज्यमन्त्रीको शपथ लिँदा जनमतकी रन्जु कुमारी मंडल खङ्ग बिना विभागीय राज्यमन्त्रीको रुपमा सरकारमा प्रवेश गरेकी छन् ।

एमालेबाट मन्त्रीको लागि प्रवल सम्भावना रहेकी भनिएकी शारदादेवी थापा यसपटक पनि राज्यमन्त्रीमै सीमित भएकी छन् । महोत्तरीबाट प्रदेश सभामा लगातार दोस्रो पटक निर्वाचित भएकी थापा फेरि राज्यमन्त्रीमै अड्किएकी हुन् ।यसअघि सरोज यादव नेतृत्वको सरकारमा पनि उनी राज्यमन्त्रीनै थिईन् । आन्तरिक मामिला तथा कानूनमन्त्रीको लागि नाम चर्चामा आएपनि सो मन्त्रालय अर्कै दलको भागमा परेपछि उनी यसपटक पनि राज्यमन्त्रीमै सिमित रहिन् ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६