अर्थ-वाणिज्य

तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु




रुपन्देही २६ जेठ । पाल्पाको तिनाउ गाउँपालिका( ३ झुम्सास्थित तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमदको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।शनिबार दिउँसो तिनाउ खोलामा नुहाउन गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको पाल्पा प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६