अर्थ-वाणिज्य

शोभा पाठकलाई ५ दिन हिरासतमा राख्‍न अनुमति तारा बराल थुनामा




काठमाडौं २८ जेठ,। साइबर अपराधको कसूरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ ।काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए ।एक महिलाको चरित्र हत्या गरेको आरोपमा पाठकविरुद्ध उजुरी परेको थियो । सो क्रममा पुल्चोकबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।
विद्युतीय माध्यमको प्रयोग गरी चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।पाठकले यसअघि एमालेका नेता महेश बस्नेतले आफूमाथि बलात्कार गरेको भन्दै हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी अनुसार प्रमाण नभएको भन्दै उक्त उजुरी तामेलीमा राखिएको थियो ।
त्यसैगरी आफूलाई अभियन्ता दाबी गर्ने तारा बराल पनि एक सातादेखि साइबर ब्यूरोको हिरासतमा छिन् । उनले पनि एक महिलाको चरित्र हत्या गरेको आरोप लागेको छ ।

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६