खोज–अनुसन्धान

कास्की प्रहरीले सर्वोच्चलाई लेख्यो – रविविरुद्ध जाहेरी नै परेको छैन



पोखरा २८ जेठ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विरुद्धमा जाहेरी दर्खास्त नरहेको जवाफ सर्वोच्च अदालतलाई पठाएको छ।सर्वोच्च अदालतको आदेशमा उल्लिखित दर्ता नम्बर पनि आधिकारिक नरहेको कास्की प्रहरीले स्पष्ट पारेको छ।प्रहरीले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पठाएको जवाफमा लेखिएको छ, ‘प्रस्तुत विषयमा तालुक कार्यालयको च।नं। ३४२६ मिति २०८१।०२।२७ गतेको पत्र तथा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८९।०२।२० गते भएको आदेशको प्रतिलिपिसमेत प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएको आदेशमा उल्लिखित द।नं। ०८०-०११-०४२६/१२९, मिति २०८०।१०।२२ को जाहेरी दरखास्त यस कार्यालयको कसुर दर्ता किताबमा दर्ता भएको अभिलेखबाट नदेखिएको र उक्त दर्ता नम्बर यस कार्यालयको नभएको व्यहोरा सादर अनुरोध गरिएको छ।’यसअघि सर्वोच्च अदालतले गत जेठ २० गते कास्की प्रहरीमा सहकारी पीडितले दिएको भनिएको जाहेरीको प्रमाणित प्रतिलिपि पठाउन आदेश गरेको थियो।

उक्त पत्रको जवाफमा प्रहरीले रविविरुद्ध जाहेरी नै नरहेको जानकारी पठाएको हो।गृहमन्त्री लामिछाने विरुद्धको कास्कीमा विचाराधीन जाहेरी सर्वोच्चले झिकाएको हो यो

प्रकाशित : २८ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६