अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिनपछि तातोहावा चल्न बन्द हुने




कपिलवस्तु २९ जेठ ।लुम्बिनी प्रदेश र सुदूर पश्चिममा अझै ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले इएको छ ।लुम्बिनी प्रदेशका तराईका जिल्ला र सुदूरपश्चिममा अझै ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । मशाखाले मँगलबाल विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सोभन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।

तातो हावा तथा तालो लहरबाट हुन सक्ने सम्भावित असरहरुबाट बच्न आग्रह गर्दै महाशाखाले जेठ ३१ गतेसम्म यो अवस्था रहने जनाएको छ । यस अवधिमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने ९घाममा बढी एक्सपोज नहुने०, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक÷पटक पानी तथा झोल पदार्थ m *जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६