अर्थ-वाणिज्य

पार्टी फुटाउने प्रयास गरि रहेका छन : माधब



पोखरा ३१ जेठ ।।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउने प्रयास भएको बताएका छन् ।बुधबार पार्टी निकट पत्रकार संगठनले कास्कीको पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टी फुटाउन खोजको हल्ला आफूले पनि सुनेको तर, त्यो हल्ला असफल बनाइदिएको बताएका हुन् ।
नले भनेका छन्( ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम(गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

अध्यक्ष नेपालले पार्टी फुटाउन लागेको सूचना कोही कसैले पाए आफूलाई उपलब्ध गराउन पत्रकारहरुलाई आग्रहसमेत गरेका छन् । उनले भने( ‘यो धर्तिमा एस सिधियोस् ठान्ने पनि होलान् । प्रयास पनि गर्दा होलान् । त्यस्तो सूचना पाए हामी एकीकृत हुने थियौँ । तपाईंहरू नेपालको खुफिया हो । सूचना पाए बताइदिनुहोला ।’

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६