अर्थ-वाणिज्य

गिरी बन्धु टि-स्टेट प्रकरणमा कांग्रेसको स्यालहुइया औचित्यहिन छ : ओली




काठमाडौं ३१ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी(स्टेट प्रकरणमा मिथ्या प्रचार गरिरहेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको आरोप लगाएका हुन् ।उनले गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएको तर कांग्रेसले एमालेको विरोधमा स्यालहुँइया मच्चाएको बताए । ओलीले गिरीबन्धु प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको दाबी गर्दै बरु कांग्रेसले दुई पटक गरी ७० विघा बेचेको बताएका छन् ।

उनले भने( ‘अहिले गिरीबन्धु टी स्टेट भनेर कराएको छ । गिरीबन्धु टी स्टेटमा एक पटक ५१ विघा, एक पटक १९ विघा गरी ७० विघा कानुनविना, नियमविना बलजफ्ती विक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए । गिरीबन्धु टी स्टेट, त्यसलाई बेथितिकरण गर्न पाइँदैन भनेर हामीले कानुन बनायौं । कानुन बनाएपछि, नियम बनाएपछि नियम कानुनभित्र बस्नुपर्यो । बेचेर खान नपाइने भयो भनेर स्याल हुइँया मच्चाएका छन् । केपी ओलीले यो गर्यो, त्यो गर्यो भनेर ।’
ओलीले यस अघि पशुपतिको जलहरी बेचेरे खाएको आरोप लगाएको बताउदै अहिले ति आरोप लगाउनेहरु कहाँ छन् भन्दै प्रश्न गरेका थिए । अध्यक्ष ओलीले देशलाई विकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिसन ८४ मा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिध्याउँछौं भन्नेहरू असफल भएको बताउदै उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तरसंबादका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६