अर्थ-वाणिज्य

नाला खन्दा पुरिएर तीन मजदुरको मृत्युु, भएपछि मेयरको घरमा ढुंगामुढा र तोडफोड



रूपन्देही ३२ जेठ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा गरि तोडफोड गरेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए ।

पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीय चमेली दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।पहिले राना र गाहाको मात्रै शव भेटिएको थियो पछिल्लोपटक खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको पनि शव भेटिएको स्थानीय पत्रकार रामकुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको डीएसपी पौडेलले जानकारी दिए । घटनापछि स्थानीयले काममा ढिलाइ गरेको भन्दै मेयर भुसालको घरमा तोडफोड गरेपछि स्थानीय प्रशासनले सुरक्षा सकृयता बढाएको छ ।

प्रकाशित : १ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६