अर्थ-वाणिज्य

लुम्बिनीको बजेटमा आकर्षक नारा : प्राथमिकतामा सन्तुलित आयोजना




रुपन्देही २ असार । लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा आकर्षक नारा समेटिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभाको चौथो अधिवेशनको तेह्रौं बैठकमा पेश गरेको बजेटमा हरेक शीर्षकमा नारा जोडिएको छ ।
शीर्षकअनुसारका नारामा बनाइएको बजेट प्रस्तुतिबआर्थिक मामिलामन्त्री आचार्य ले गरेका थिए । चालू आवभन्दा करिब डेढ अर्ब सानो बजेट ल्याएका उनले यसअघि करिब १० अर्ब बजेट कम आउने बताइरहे पनि अन्तिममा चौतर्फी दबाबले बजेट बढाएका छन् ।

आन्तरिक स्रोतको कमी, संघबाट पाउने विभिन्न अनुदानमा कमी भएको स्वीकार गरे पनि उनले चाहे जसरी बजेटको आकार सानो बनाउन नसकेको यसअघि उनको भनाइले पनि प्रमाणित गरेको छ । बजेटमा प्रदेश भरका सन्तुलित आयोजना समेटिएको केही बजेट शीर्षक र रकमले देखाउँछ । यद्यपि यसको सबै विवरण आइसकेको छैन ।
यस्ता छन् बजेटमा समेटिएका प्रमुख नारा
समृद्ध लुम्बिनी ,आत्मनिर्भर प्रदेश
किसानको हात, प्रदेशको साथ
स्वस्थ्य जीवनको साथ, माटोको सुधार
मेरो स्वास्थ्य सुधार, मेरो जिम्मेवारी
शैक्षिक गुणस्तरमा सुधार, भविष्यको आधार
पर्यटनसँग वन समृद्धिको आधार
ब्याक टु कल्चर, ब्याक टु नेचर
एक वडा, एक पोखरी
नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
वन्यजन्तु पीडितसँग प्रदेश सरकार
एक घर एक धारा, जनतासँग प्रदेश सरकार
कृषिको आधार, सिंचाइमा सुधार
खेतबारीका गरा, सधैं हराभरा
उज्यालो प्रदेश, लुम्बिनी प्रदेश
स्वच्छ भान्सा, सबैलाई आनन्द
प्रविधिमैत्री लुम्बिनी अहिलेको आवश्यकता
भ्रष्टाचार नियन्त्रणमा शून्य सहभागिता
यस्ता छन् बजेटका प्रमुख विशेषता

लुम्बिनी सरकारले नयाँ योजनाभन्दा अधिकांश पुराना र साना योजनालाई प्राथमिकता दिएको छ । सरकारले चालू आर्थिक वर्षमा भन्दा डेढ अर्ब कम ३८ अर्ब ९५ करोडको बजेट ल्याएको हो । आर्थिक मामिलामन्त्री आचार्यले कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०र८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट बढाउन नसकेको मन्त्री आचार्यको भनाइ छ ।

५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजना
प्रदेश निजामती र स्थानीय सेवाका कर्मचारीको अभिलेखीकरण गरी व्यवस्थापन
स्थानीय तहको जनशक्ति व्यवस्थापन गर्न कानून बनाइ कार्यान्वयन गरिने
प्रदेश लोकसेवालाई आवश्यक बजेट व्यवस्थापन
बसाइसराइ रोक्न पहाडमा विशेष योजना
स्थायी राजधानीमा संरचना निर्माण चालू वर्षमै सकिने
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
रुपन्देही, कपिलवस्तु र नवलपरासीमा पर्यटन प्रवर्द्धन गर्ने योजना
लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब ८० करोड
जिल्ला समन्वयलाई क्रियाशील बनाउन ५ लाख
प्रदेश पूर्वाधार प्राधिकरणलाई विशेष प्राथमिकता
नवप्रवर्द्धन साझेदारी कार्यक्रम निरन्तरता
प्रदेश सुशासन केन्द्रलाई विशेष प्राथमिकता
राप्तीमा कर्मचारीलाई शुक्रबार र आइतबार निःशुल्क बस सेवा
कर्मचारीलाई आन्तरिक पर्यटन काजलाई निरन्तरता
सबै आन्दोलनमा शहीद, घाइतेको अभिलेखीकरणका लागि ५ करोड
साइबर सुरक्षाका लागि विशेष योजना
स्थानीय तहमा विपद व्यवस्थापन योजना
प्रदेश प्रहरी ऐनअनुसार अघि बढाउने विशेष योजना
भारतसँग सीमा जोडिएका ६ जिल्लामा बीओपी भवन निर्माण र स्तरोन्नति
रुकुमपूर्वका ७ वटा वडामा सडक ट्याक खोलिने
सिंचाइका लागि थप १४ सय हेक्टरमा व्यवस्था गरिने
थप २५ सय हेक्टरमा १२ महिना व्यवस्थापन
दुर्घटना रोक्न चालक सचेतना
रामपुर(जिनावाङ सडक पूरा गर्न विशेष प्राथमिकता
चरंगे(झुम्सा सडक स्तरोन्नति
१७ वटा मुख्य सडकको स्तरवृद्धि योजना
पर्यटन पहुँचमार्ग विस्तार योजना
घरबास सबलीकरण योजना
सांस्कृतिक डबलीकरण स्थानीय तहलाई हस्तान्तरण
विदेशमा सिकेकाहरुको सीप परीक्षणसहितको तालिम
सुरक्षित आप्रवासन कार्यक्रम सबै जिल्लामा
सहकारी समस्या समाधान गर्न सहकारी ज्ञान अगाडि
वन सम्पदालाई राजस्वको प्रमुख स्रोत
बन जोगाउने विशेष अभियान
नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
लुम्बिनी प्रादेशिक र राप्ती प्रादेशिक अस्पताललाई विशेष प्राथमिकता
विपन्न नागरिकलाई दम तथा ब्रोन्काइटिस्टमा उपचार
मृगौला रोगीलाई डायलाइसिस सेवा दिइने
आँखाको नानी निःशुल्क
आयुर्वेद उपचारका लागि प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवा र पञ्चकर्म
लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई ९ करोड
पर्यटक तान्न हिल स्टेशन
स्वर्गद्वारी, सुपादेउराली, रेसुंगालाई विशेष प्राथमिकता
अन्तरप्रदेश पर्यटन विस्तार
शालिग्राम पर्यटन गर्ने योजना
जडीबुटी खेतीलाई विशेष प्राथमिकता
वन्यजन्तुबाट पीडितसँग प्रदेश सरकार
एक घर एक धाराका लागि १ अर्ब ३० करोड
कृषि, शिक्षालाई विशेष प्राथमिकता

प्रकाशित : ३ असार २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६