अर्थ-वाणिज्य

मालपोत र नापीको एकिकृत सेवा अब वाणगंगावाट शुभारम्भ : मन्त्री अधिकारी

१ अर्ब ६२ करोड बढीको बजेट पेश



कपिलवस्तु १० असार ।कपिलवस्तु भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्तमान सरकार लामो समय निरन्तर रहने दाबी गरेका छन् । पछिल्ला दिनहरुमा विभिन्न संचार माध्यमहरुमा वर्तमान सरकार ढल्न सक्ने अड्कलबाजीका समाचारहरु आईरहेको भन्दै उनले ति समाचारको खण्डन गरे ।सोमबार बाणगंगा नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र आएपछि काम भन्दा हल्ला बढी हुने गरेको बताए ।

उनले ईतिहासमै पहिलो पटक यस क्षेत्रमा धेरै बजेट परेको दाबी गरे । उनले बाणगंगासहित कपिलवस्तुका जनप्रतिनिधिमा लबिङ्ग गर्ने प्रक्रिया कमजोर रहेको भन्दै यसलाई सुधार गर्दै निरन्तर ठूला योजनाका लागी महिनौसम्म लबिङ्ग गर्न आवश्यक रहेको बताए । त्यसपछि मात्र लबिङ्ग प्रक्रियाले सार्थकता प्राप्त गर्ने उनको भनाई छ । उनले बाणगंगामा छिट्टै मालपोत र नापीको कार्यालय आउने दाबी गरे । त्यसका लागी आवश्यक प्रक्रिया अघि बढेको उनले बताए । सम्भवतः यही साउनदेखि कार्यालय आउने उनले बताए ।उनले बाणगंगा नगरपालिकाको वडा नं.१० विकास पूर्वाधारको हिसाबले पछाडि परेकाले उक्त क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन भएको बताए । उनले जनप्रतिनिधिहरुमा हत्तारिएर बोल्ने र पछि पछुताउने प्रवृति रहेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरे ।
कार्यक्रम राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, संविधान सभा सदस्य विश्राम प्रसाद थारु, लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपाने लगायतले सम्बोधन गर्दै बजेट कार्यान्वयन प्रक्रियालाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।
नगरको आगामी आर्थिक वर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले सोमबार १५औं नगरसभामा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गरेकी हुन् ।
जसमा सामाजिक विकासतर्फ ९१ करोड ११ लाख ५१ हजार, आर्थिक विकासतर्फ ७ करोड २७ लाख ७४ हजार, पुर्वाधार विकासतर्फ ४१ करोड ६९ लाख ९९ हजार, वातावरण तथा विपत व्यवस्थापनका लागी २ करोड १ लाख १० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २० करोड ३५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।आगामी आर्थिक बर्षको कुल खर्च चालुतर्फ १ अर्ब १५ करोड ४० लाख ३० हजार र पुँजीगततर्फ रु.४७ करोड ६ लाख ५४ हजार विनियोजन गरिएको छ ।
नगर उपप्रमुख चौधरीले निति, कार्यक्रम तथा बजेटको मुख्य उद्देश्य समावेशी, समानुपातिक, सहभागितामूलक कार्यक्रम संचालन गरि जनताको खुशियाली अभिवृद्धि गर्ने रहेको बताईन् ।नगरसभामा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै गरि विकास पत्रकारीताबाट सामुदायिक रेडियो वुद्ध आवाजका कार्यक्रम संयोजक भगवती न्यौपाने र सामुदायिक रेडियो मायादेवीका सहायक स्टेशन म्यानेजर हरि आचार्यलाई नगद सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो ।

प्रकाशित : ११ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६