अर्थ-वाणिज्य

उच्चस्तरीय संसदीय छानबिन समितिले सहकारीमन्त्री अधिकारी सहितसँग गर्‍यो छलफल



कपिलवस्तु ४ असार ।सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिलाई समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरुले समस्या ग्रस्त सहकारी ब्यबस्थापन समिती मार्फत लिखित प्रतिवेदन पेश गरेका छन् । समितीले बुझाएका प्रतिवेदनलाई आधार मानेर समितिले मंगलबारबाट छलफल थालेको छ । मंगलबार समितिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीसँग छलफल गर्‍यो । मंगलबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्वद्ध निकायसँग प्रारम्भिक छलफल गरेको हो ।सम्बन्धित मन्त्री र सम्बद्ध सबै निकायका पदाधिकारीसँग छलफल गरिएको र सहकारीको बचत रकम दुरुपयोगसम्बन्धि छानबिनका लागि महत्वपूर्ण जानकारी प्राप्त भएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
बैठकमा समस्याग्रस्त २० वटा सहकारी संस्थाका पदाधिकारीले पेश गरेको प्रतिबेदन ब्यबस्थापन समिति का अध्यक्ष श्रीमन कुमार गौतमले लिखित जानकारी गराएका थिए । सोही जानकारीको आधारमा अब आफ्नो कामलाई तीब्रता दिने विशेष समितिले जनाएको छ । बैठकमा हामीले सहकारी मन्त्रालय, विभाग, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, बोर्डबाट माननीय मन्त्रीज्यु, सचिवज्युसहितका पदाधिकारीहरु लाई आमन्त्रित गरेर छलफल गरेका छौं । २० वटा समस्याग्रस्त सहकारीहरुको सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्य सचिवले लिखित रुपमा प्रतिवेदन दिनुभएको छ । बाँकी हामीले काम गरिरहेको अनुसूची १ र २ का गरी २९ वटा सहकारीको सन्दर्भमा सहकारी विभागको तर्फबाट हामीलाई जानकारी गराउने काम पनि भएको छु सभापति थापाले भने ।
कानुनको छिद्र कहाँ रह्यो रु यसमा टेकेर फाईदा उठाउँदै बचतकर्ताको बचत दुरुपयोग गर्ने, ठगी गर्ने, अपचलन गर्ने जुन समस्याहरु देखा परे भन्ने विषयमा छलफल भएको थापाले जानकारी दिए ।ुनियामक निकायहरुले के, कसो गर्दै आएका छन्, कानुनका समस्याहरु कहाँ देखापरेका छन्, नियामक निकायहरुको संरचनाको सर्न्दभमा के समस्याहरु रहृयो रु यी बारेमा पनि उहाँको कुरा सुन्यौं । आजको हाम्रो मुख्य काम सहकारी मन्त्रालय हुँदै सबै सम्बद्ध निकायका पदाधिकारीहरुका कुरा सुनेर विश्लेषण गर्ने काममा नै हामी केन्द्रित रहेका छौं । हामीले यो छलफलको क्रम अझै बढाउनेछौं ’ थापाले भने ।

प्रकाशित : ६ असार २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६