अर्थ-वाणिज्य

मन्त्री अधिकारीले गरे नापी कार्यालय ललितपुरको अनुगमन




काठमाडौं ७ असार ।भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सुक्रवार नापी कार्यालय ललीतपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसंग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी सुक्रवार दिँउसो नापी कार्यालय ललीतपुरको लगनखेलस्थीत कार्यालय पुग्नु भएको थियो ।
कार्यालय प्रमुख, कर्मचारीहरु र सेवाग्राहीसंग छलफल गदैं मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधिसंग जोड्न, कार्यालयबाट प्रवाह हुने सेवा सुबिधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधिभित्र रहेर कार्यसम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनसक्तिको अधिकत्म प्रयोग गर्न निर्देशन दिनुभयो । कार्यालयमा रहेका अभिलेखहरुको संरक्षण गर्नु कर्मचारीहरुको दायित्व रहेको मन्त्री अधिकारीको भनाई छ ।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६