अर्थ-वाणिज्य

लुम्बिनी प्रदेश सभा बैठकमा कांग्रेसको अवरोध




बुटवल ७ असार।लुम्बिनी प्रदेशसभाको बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल बिहीबारदेखि सुरु भएको थियो ।दोस्रो दिनको पन्ध्रौं बैठक शुक्रबार दिउँसो २ बजे बसेको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय माग गरेर बोल्दै बजेट संघीयता विरोधी भएको र कांग्रेस बजेटको विपक्षीमा उभिने भन्दै विरोध गरेका थिए । संवादका लागि भन्दै सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरे पनि छलफल हुन नसकेपछि सूचना टाँसेर आइतबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो ।प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै चौथो अधिवेशनको पन्ध्रौं बैठक आधा घण्टाका लागि स्थगन गरिएकोमा विशेष कारणबस पुनः बस्न नसक्ने भएकाले आगामी सोह्रौं बैठक आइतबार बिहान ८ बजे बस्ने गरी सभामुखको निर्देशनअनुसार सूचना जारी गरिएको उल्लेख गरेका छन् । शुक्रबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री चौधरीले बजेट कृषि र पर्यटन क्षेत्र विरोधी भएकाले कांग्रेसले त्यसको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए । त्यसलगत्तै विपक्ष दलका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए ।
नेता चौधरीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको सरकारले कृषिमा चालु वर्षको भन्दा ५८ करोड बजेट घटाएको, पर्यटनमा पनि बजेट घटाएको भन्दै विरोध गरेका थिए । किसानलाई समयमै मलबिउ पु¥याउन नसक्ने सरकार किसानमैत्री हुनै नसक्ने उनको तर्क थियो ।उनले सरकारले प्रदेशको लोपोन्मुख समुदाय वादी, गन्धर्व, चमार, नटुवा जातिका लागि राखिएको बजेट पनि कटौती गरेको बताए । बाटो बनाएर मात्र संघीयता कार्यान्वयन नहुने भन्दै कांग्रेस बजेटको विपक्षमा उभिने बताए ।
‘सरसर्ती हेर्दा बजेट सैद्धान्तिक रुपले संघीयताविरोधी छ, कृषि र पर्यटनविरोधी छ,’ उनले भने, ‘बाटो बनाएर संघीयता लागू हुँदैन, किसानलाई मल बिउ दिने र स्थानीय उत्पादनको ब्राण्डिङ गर्ने बजेट लुम्बिनीका लागि जरुरी हो ।’ बजेटले निजी क्षेत्रका कुनै पनि माग र चासो सम्बोधन गर्न नसकेको र अनुत्पादक क्षेत्रमा बजेटको खोलो बगेको भन्दै समग्रमा संघीयताविरोधी बजेट आएको भन्दै कांग्रेस बजेटका विपक्षमा उभिने बताए ।

प्रकाशित : ८ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६