अन्तर्राष्ट्रिय

साउदी राजदुतमा सिफारिस कपिलवस्तुका मुसलमान को हुन ?




कपिलवस्तु १० असार । साउदी अरबको राजदूत कपिलवस्तुको भागमा परेको छ । कानुनमन्त्री पदम गिरीका अनुसार कपिलवस्तुको मायदेवी गाँउपालिका वडा नम्बर २ भैसकुण्डाका अबु सुफियान खान मुसलमानको नाम साउदी अरबका लागि सिफारिस भएको हो ।राजनैतिक भागवण्डामा राजदूत नियुक्त भएकोमा असोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मुसलमान सिफारिसमा परेका हुन् । कपिलवस्तु घर भए पनि मुसलमानले काठमाडौँमा ब्यवसाय गर्दै आएका छन् ।राजदुतमा सिफारिस भएका मुसलमानले साउदी अरबमा रहेका कामदार र नेपाल हजयात्रीका समस्या समाधान गर्नु आफ्नो दायित्व रहेको बताए । कपिलवस्तु दोस्रो मुस्लिम बहुल्यता भएको जिल्ला हो । त्यसैकारण पनि जिल्लाले राजदूत पाएको उक्त पार्टीले जनाएको छ ।साउदीसंगै रिक्त रहेका ११ मध्ये आठ मुलुक भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मलेसिया र स्पेनमा राजदूत सिफारिसको निर्णय भएको छ ।सरकारले अझै इजरायल, पोर्चुगल र कतारका लागि राजदूत सिफारिस गर्न बाँकी छ 

प्रकाशित : ११ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६