ब्रेकिंग न्युज

दुईवटा यात्रुबाहक बस पहिरोले बगायो : क्षेतिको विवरण आउन बाकी



चितवन २८ असार । भरतपुर महानगरपालिका(२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।
तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेक‍ो यात्रुबाहक बस रहेको जनाइएको छ ।
त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।अहिले जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिजालको टोली तथा सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ ।

प्रकाशित : २९ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६