कपिलवस्तु ३० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारमा पार्टीभित्र अवसर कम पाएका नेतालाई मौका दिनुपर्ने कुरा उठिरहँदा नेकपा एमालेमा मन्त्रीका दुई दर्जन बढी आकाङ्क्षी देखिएका छन् । तैपनि नयाँ पुराना नेताहरु मन्त्रीका लागि चर्चामा छन् ।
अध्यक्ष ओलीले सरकारमा जाने पार्टीको तर्फबाट मन्त्री छान्न बालकोटमा छलफल गरेका छन् । शनिबार सचिवालय सदस्यसँग छलफल गरेका हुन् ।सोमबार बिहान प्रधानमन्त्री ओलीको शपथग्रहणसँगै शपथ लिनेगरी मन्त्री छान्ने तयारी भएको बताइएको छ ।पदाधिकारी बैठकले राम्रो परिणाम निकालेर आशा जगाउन सक्ने मन्त्री छान्ने निर्णय गरेको छ ।एक पदाधिकारी भन्छन्, ‘‘मन्त्री हुन चाहनेहरूको सांसदहरूको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । तर, त्यसबाट ८ मन्त्री छान्नुपर्ने छ । यसको लागि सकस छ ।’’
अहिलेसम्म उपप्रधान तथा अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेलको चर्चा बढी छ । सचिवद्वय योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङको नाम पनि चर्चामा छ । पदम गिरी र बलराम अधिकारीलाई दोहो¥याउने पक्षमा ओली छन् ।यद्यपि मन्त्री हुने आकाङ्क्षीहरू धेरै भएकोले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिने सम्भावना छ ।आइतबार छनौट गर्ने र छनौटको अन्तिम अधिकार अध्यक्ष ओलीलै दिने तयारी छ एमाले श्रोताले भन्यो ।
कांग्रेसको समर्थनमा शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६ ९२० बमोजिमको प्रधानमन्त्री दाबी पेस गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका छन् ।बहुमत हस्ताक्षर पुगिसकेकाले आइतबार साँझ ओली प्रधानमन्त्रीमा नियुक्त हुने र सोमबार शपथग्रहण हुने बताइएको छ ।
प्रतिक्रिया