ब्रेकिंग न्युज

बुटवल बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा



बुटवल, ०४ साउन । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवलको नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नान गृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधा सम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजना अनुसार पहिलो चरणमा सुविधा सम्पन्न बालमैत्री र अपाङ्गमैत्री स्नान गृह सञ्चालनमा आएको हो।

स्नान गृहको आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै बसपार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ सुविधा सम्पन्न स्नान गृह सञ्चालनमा ल्याएको बताए। उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेसन, कोसेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताए । उनले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफूहरूको साथ रहने बताए । बसपार्कमा निर्माण भएको स्नान घरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपाङ्गमैत्री शौचालय रहेका छन् ।

स्नान गृहमा मौसमअनुसार चिसो तातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायो ग्यास उत्पादन गरी स्नान गृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्माङ्गत बस्यालले जानकारी दिएका छन् ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६