ब्रेकिंग न्युज

लुम्बिनीका मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न कांग्रेस-एमालेको ह्विप



कपिलवस्तु, ०६ साउन । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेले मुख्यमन्त्री जोखबहादुर महराको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएका छन् । एमाले संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्विप जारी गर्ने तयारी भइरहेको बताए ।

कांग्रेस संसदीय दलका प्रमुख डिल्लीबहादुर चौधरीले आइतबार बिहान कांग्रेस–एमालेको संयुक्त बैठक बसेर थप योजना बनाउने बताए । मुख्यमन्त्री महरा भने विश्वासको मत लिने वा राजीनामा दिने दुवै विकल्प प्रयोग गर्ने रणनीतिमा रहेको एक प्रदेशसभा सदस्यले बताए ।

आइतबार १ बजे लुम्बिनी प्रदेशसभाको २४ औँ बैठकमा मुख्यमन्त्री महराले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले बताए ।

लुम्बिनीमा महरा चैत २३ गते एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटी ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनी प्रदेश सरकार सहयोगी एमालेका ५ जना मन्त्रीले असार २० गते राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत ४४ भए पुग्छ। एमालेका २९ र कांग्रेसका २७ जना गरी ५६ जना सांसद छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री महरासँग अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा गरी १३ सांसद छन्। सोही अकं गणितको आधारमा एमाले कांग्रेसले नयाँ सरकारले बनाउने निश्चित छ ।

प्रकाशित : ६ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६