ब्रेकिंग न्युज

वृक्षा रोपण गर्दै पुष्पलालको स्मरण

भुकम्प पिडितको उद्धारमा खटिएका शर्मा नेतृत्वको टोलीलाई सम्मान



कपिलवस्तु, साउन ७ ।
४६ औ पुष्पलाल स्मृती दिवसका अवसरमा जिल्लाको बहादुरगन्जमा एक भब्य कार्यक्रमका बीच वृक्षा रोपण तथा भुकम्प पिडितको उद्धार कार्यमा खटिएको शर्मा नेतृत्वको टोलीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डेले बताउनु भएको छ । पुष्पलालको स्मृतीमा बहादुरगञ्जमा टिकका विरुवा रोपिएको छ । सोही अवसरमा २०८० कात्तिक १७ गते पश्चिम रुकुमको काठ वीस कोट नगरपालिकाको वडा नं. ११ मा भुकम्प पिडितको उद्धार तथा घर टहरा निर्माण कार्यमा खटिएको तत्कालिन जिल्ला अध्यक्ष डम्मर शर्मा नेतृत्वको २१ जना सदस्यलाई सम्मान गरिएको थियो ।


कार्यक्रमको शुभारम्भ एमाले केन्द्रिय सदस्य एवम् कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपानेले गर्नु भएको थियो । वृक्षा रोपण कार्यक्रममा एमाले केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तव, एमाले नेताहरु झविलाल पोख्रेल, डम्मर शर्मा, नेत्रराज अधिकारी, अर्जुन केसीले मन्तब्य राख्नु भएको थियो । एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तब्य र सचिव सिवि गहतराजको संचालनमा सम्पन्न एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।


कार्यक्रम नेकपा (एमाले) कपिलवस्तु र युवा संघ नेपालको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमा एमाले नेता खुम प्रसाद आचार्य, शारदा शर्मा, धनु अधिकारी लगायतका पार्टीका नेता तथा कार्यकर्ताको उत्साहपूर्ण सहभागिता रहेको युवा संघ कपिलवस्तुका जिल्ला संयाजक तिलक गिरीले बताउनु भयो ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६