ब्रेकिंग न्युज

कक्षा १० का एक विद्यार्थीले ओलीलाई म्यासेन्जरमा के लेखे जसले उनको घरमा प्रधानमन्त्री पुग्ने भए ?



कपिलवस्तु १२ साउन ।प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने भएका छन्।
बौद्धबाट तामाङले प्रधानमन्त्री ओलीलाई म्यासेन्जरमा पत्र लेख्दै प्रत्यक्ष भेट्न र तस्बिर खिचाउन आफू इच्छुक रहेको बताएपछि ओली उनीसँग भेट्न तयार भएका हुन्। विद्यार्थी तामाङले पत्रमा प्रधानमन्त्री ओलीको निकै प्रशंसा पनि गरेका छन्।
‘हामी छिट्टै भेट्ने छौँ। आज शनिबार एकैछिन म्यासेन्जर चेक गरेको थिएँ’, ती विद्यार्थीको म्यासेन्जर पत्र सार्वजनिक गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कक्षा १० मा पढ्ने कृष्ण तामाङको यस्तो म्यासेजमा आँखा पर्‍यो। उहाँसँग छिट्टै भेट हुने छ।’

प्रकाशित : १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६