ब्रेकिंग न्युज

५ सुन पसलका सञ्चालकविरुद्ध सवा आठ करोडको मुद्दा



काठमाडौँ १३ साउन । राजस्व अनुसन्धान विभागले अवैध सुनचाँदी चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा पाँच जनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर गरेको छ ।पसल तथा डेराबाट बरामद भएको सुनचाँदी अवैधानिक रहेको पुष्टि भएपछि विभागले आज ९आइतबार० सुनचाँदी पसलका सञ्चालकहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले पोखरा महानगरपालिका वडा नं। २ मा रहेको जयभैरव ज्वेलर्सका प्रोप्राइटर सुरजित भौमिक, वडा नं। ९ मा रहेको एस सगरमाथा ज्वेलर्सका प्रोप्राइटर सुरेन्द्र विश्वकर्मा रामदाम, वडा नं। २६ मा रहेको देवीरम्भा सुनचाँदी दुकानका प्रोप्राइटर जनकलाल लोहनी, वडा नं। ९ मा रहेको बाराही ज्वेलर्सका प्रोप्राइटर अर्जुन सुनार र लेखनाथ ज्वेलर्सका प्रोप्राइटर अर्जुन बहादुर कामीविरुद्ध मुद्दा दायर गरेको हो । सुरजित भौमिक भारतीय नागरिक हुन् ।

भौमिकले अवैध सुनचाँदी चोरी पैठारी गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । साथै अन्य सञ्चालकहरूले भौमिकको डेरा तथा पसलबाट बरामदित अवैध सुनचाँदीलाई वैधानिकीकरण गर्न सुनचाँदीका गरगहना बनाउन दिएको भनी पुष्टि हुन नसक्ने अडर विल जारी गरी राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको पाइएको छ ।

८ करोड १५ लाख १६ हजार ८ सय ३८ रुपैयाँ मागदावीसहित मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार भौमिकको हकमा ७ करोड ९ लाख ५ हजार २ सय ७२ रुपैयाँ सहित एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय मागदावी गरिएको छ ।यसै गरी रामदामलाई ७६ लाख १६ हजार ४ सय ५० रुपैयाँ, लोहनीलाई ८ लाख ८० हजार ८ रुपैयाँ, सुनारलाई १२ लाख, ५५ हजार ६ सय ८५ रुपैयाँ र कामीलाई ८ लाख, ५९ हजार ४ सय २३ रुपैयाँ मागदावी गरिएको छ । लोहनी, सुनार र कामीलाई एक महिनादेखि छ महिनासम्म कैद सजाय मागदावी गरिएको छ ।

प्रकाशित : १३ श्रावण २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६