ब्रेकिंग न्युज

सञ्चार क्षेत्रको विकासमा बिशेश योगदान गर्न तयार छु : मुख्यमन्त्री आचार्य



दाङ १४ साउन । राप्ती प्रेस मञ्चले सोमबार लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यलाई मुख्यमन्त्री कार्यालयमा भेटगरी स्वागत तथा बधाई ज्ञापन गरेको छ।भेटका क्रममा राप्ती प्रेस मञ्चले सञ्चार क्षेत्रको विकास र मिडियाका लागि बिनियोजित बजेटलाई समावेशीका आधारमा विनियोजन गर्न आग्रह गरेको छ । राजधानी केन्द्रित मिडिया र पत्रकारहरूलाई प्रदेश सरकार संग जोडेर मिडिया ब्यवस्थापन तर्फ ध्यान दिन आग्रह गरेका छन् । साथै मञ्चले प्रस्तावित ५० शैयाको भालुवाङ अस्पताल, भालुवाङ पुल्चोकको लालपुर्जा र अलपत्र आयोजनाहरूको विषयमा मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण गराएको छ ।

मञ्चले राखेको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विगतका दिनमा पहुँचका आधारमा मिडियामा विनियोजन हुँदै आएको बजेट आफ्नो कार्यकालमा हुन नदिने बताउँदै मिडियाको बजेटलाई सामावेशी र आवश्यकताका आधार वितरण गरिने बताएका छन् । त्यस्तै उनले प्रदेशले गरेका राम्रो कुराहरूको प्रचारात्मक रिपोर्टिङ गर्न र नराम्रा पक्षको सुझाव तथा खवरदारी गर्न पत्रकारहरूलाई सुझाव दिएका छन् । त्यस्तै उनले पुर्व सुस्ता देखि पश्चिम कर्णालीको सिमा सम्म रहेको विकासका आयोजनालाई समुचित तथा सामान तरिकाले अगाडि बढाउने उनले बताएका छन् । अलपत्र योजना तथा विकास निर्माणको कामका लागि प्रदेश सरकारले साउन महिना भरि नीति तथा योजना बनाउने र भदौबाट कार्यान्वयन गर्ने बताएका छन् । सो अवसरमा मञ्चका प्रमुख संरक्षक महेश रिजाल, अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष जमिर शाह, महासचिव ओमप्रकाश गुप्ता र सदस्य बिदुर एसमीले सञ्चार क्षेत्र सहित अन्य महत्त्वपूर्ण बिषयमा विचार व्यक्त गरेका थिए । सो अवसरमा मञ्चका सचिव भिसुन शाही, कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी र साधारण सदस्यहरू विदुर एमसी, लक्ष्मी पोख्रेल, मोतीराम भट्टराई र मुक्तिराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६