ब्रेकिंग न्युज

घरेलु झगडामा श्रीमानबाट श्रीमतीको हत्या




देउखुरी १४ साउन । दाङमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती बर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । शनिबार राति ९ बजे खाना खाएर सुतिरहेका बेला श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ ।
सधै मादकपदार्थ सेवन गरि झगडा गरिरहने भएकोले सो हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सोमबार बिहान ९स्३० बजे सम्म उनीहरुको घरको ढोका नखुलेको पछि स्थानियले बेला प्रहरी चौकीमा खवर गरे पश्चात सो चौकीबाट प्रहरी वरिष्ठ नायव निरिक्षक उज्ज्वल शाहको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरिक्षक कालिका कार्कीको कमाण्डमा ५ जनाको टोलीले उक्त घरको ढोका खोली हेर्दा श्रीमानले श्रीमतीको टाउकोमा फलामको रडले हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।फलामको रड र निज गणेश घर्तीलाई सोही कोठाबाट नियन्त्रणमा लिई अहिले घटनास्थलमा मृतकको शवको जाँचको कार्य भइरहेको र थप अनुसन्धान कार्य समेत भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६