कपिलवस्तु १६ साउन । कपिलवस्तु उद्योग बाणिज्य संघले बाणगंगा नगरपालिकाभित्रका व्यवसायीहरुलाई हरेक वर्ष कर शिक्षा प्रदान गर्दै आएको छ । मंगलबार संघले आयोजना गरेको कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका एक सय बढी व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो । तर अहिले सम्म सो शिक्षावाट सक्षम ब्यावसायी भने तयार हुन नसकेको उनीहरुले नै वताएका छन् । उक्त कार्यक्रम आन्तरिक राजस्व कार्यालय कृष्णनगर र घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाको सहजीकरणमा सम्पन्न भएको हो । व्यवसायीहरुलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत उद्धवराज न्यौपानेले व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको समाधान गर्ने बताए । उनले व्यवसायीले कर तिर्नुसँगै आफनो व्यवसाय गर्दा आवश्यक पर्ने कागजपत्रमा स्पष्ट देखिने गरी राख्नुपर्नेमा जोड दिए । व्यवसायीहरुले हिसाबकिताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारबाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विषयमा जानकारी गराएका थिए । साथै न्यौपानेले व्यवसायीहरुले व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तव्य भएको बताउदै सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।
वाणगंगा नगरपालिकाका राजस्व शाखाका प्रमुख मदन घिमिरले नगरले गर्ने करको विषय र नविकरणको विषयमा बताउनु भएको थियो । पालिकाले उद्योग व्यापारी व्यवसायको हित अनुसार करका दायरा ल्याएको बताउर्दै सबैलाई राज्यको निति नियम अनुसार व्यवसाय सञ्चालनगर्न आग्रह गर्नु भयो । घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका बाणिज्य शाखा प्रमुख श्रवण कुमार शैनीले पछिल्लो समय भएका विभिन्न छुटहरुको जानकारी दिदैं व्यवसायीहरुका लागी चैत्र मसान्तसम्म ९५ प्रतिशत जरिवाना छुट रहेको बताए । उनले व्यवसाय महिलाको नाममा नामसारी गर्दा ५० प्रतिशत छुट हुने बताए ।ईलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख भेषराज पन्थले स्मार्ट व्यवसायी बन्न कर सम्बन्धि स्पष्ट ज्ञान हुनुपर्ने बताए । निरन्तर हुने यस्ता कार्यक्रमले नै स्मार्ट व्यवासी बन्ने दिशातर्फ गराउने उनको भनाई छ । आफुले सिकेको ज्ञान अरुलाइ पनि दिन उनले आग्रह गरे ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कर शिक्षा प्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्यामा सहज हुने विश्वास व्यक्त गरे । व्यवसायीहरुलाई व्यवसाय गर्दा आउन सक्ने समस्या समाधानका लागि कर शिक्षा कार्यक्रमको आयोजना गरिएको उनले स्पष्ट पारे । कर शिक्षासंगै कर दाताहरुसंग अन्तत्र्रिmया कार्यक्रम गर्दा व्यवसायीले भोग्दै आएका वास्तविक समस्याहरु आएको उनले बताए । उनले व्यवसायीको हकहितमा संघले चाल्नुपर्ने कदमलाई आफुहरुले स्पष्ट रुपमा आत्मसात गरेरै यो कार्यक्रम गरिएको बताए । कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष डोलकराम घिमिरेले यस्ता छलफल तथा अन्तरक्रिया कार्यक्रमले कर कार्यालय र करदाताहरुबीच बढेको दुरी कम गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका राजस्व अधिकृत महेन्द्र पुरीले प्रशिक्षण दिएका थिए । उनले सो क्रममा आर्थिक विधेयक २०८१ म भएका छुट, सहुलियत तथा विभिन्न संशोधनको बारेमा जानकारी गराएका थिए । उनले कर दर्ता, खारेजी, स्थगन, दर्ता खारेजी स्थगन सम्वन्धी कानुनी व्यवस्था बारेमा जानकारी दिएका थिए ।कार्यक्रममा व्यवसायीहरुले पनि करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए । अधिकांश व्यवसायीले सरकारले लागु गर्न खोजेको कर प्रणाली व्यवहारिक नभएको गुनासो गरेका थिए । व्यवसायीहरु सरकारलाई कर तिर्न उत्सुक भए पनि झन्झटीलो परिपाटीले गाह्रो हुने गरेको व्यवसायीहरुले बताएका थिए ।
सहज र सरल प्रणाली लागु गर्न सकेमा साना व्यवसायीलाई करको मुलधारमा ल्याउन सहज हुने उनीहरुको भनाई छ । व्यवसायी पुराना तर करको कानुन नयाँ आउदा कर प्रणाली अत्यन्तै झन्झटिलो महसुस भएको व्यवसायीहरुको गुनासो थियो ।सबै व्यवसायीलाई कर तिर्ने प्रणालीका बारेमा बेला बेलामा छलफल हुनुपर्ने उनीहरुले बताए । सहजै तिर्दै आएका व्यवसायीलाई एकै चोटी झन्झटिलो व्यवस्था लागु गर्दा व्यवसायी शसंकित हुन पुगेको उनीहरुले बताएका थिए । वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले स्वागत मन्तव्य भएको कार्यक्रमको संचालनमा महासचिव नवदत्त घिमिरेको गर्नु भएको थियो । कार्यक्रममा उद्योग व्यापार सँगका पुर्व अध्यक्ष विष्णु न्यौपाने, संघका पदाधिकारी, नगरका व्यवसायीहरुको सहभागिता रहेको थियो ।
१६ श्रावण २०८१, बुधबार
प्रतिक्रिया