जीवनशैली

हिरोसिमा र नागासाकीको प्रलयकारी घटना



काठमाडौं ,२३साउन। मानव सभ्यताको इतिहासमा अति नै पीडादायक घटनाहरू समय समयमा घट्न पुगेका छन् र तिनको सम्झना आइरहेको हुन्छ । दिन, महिना र वर्ष हुँदै समय दौडिरहेको हुन्छ समयको दौडाइमा दुरीहरू पार हुदै गर्दछन् र त्यसक्रममा घटना र प्रसगहरूको थुप्रो रहिरन्छ । समयको त्यहि थुप्रोमा तितामिठा सम्झनाहरूको सङ्ग्रह हुन्छ । यहाँ भत्र खोजेको कुरा चाहिँ तितो र अत्यन्तै अत्यास लाग्दो धत्रै आठ दशक पुग्न लागेको प्रलयकारी घटनाको हो । प्रत्येक वर्ष अगस्त महिनाको पहिलो सप्ताह सुरू हुनै लाग्दा अति नै दर्दनाक घटनाको सम्झना आउँछ र यो सम्झनाले मानव मष्तिस्कमा आय पर्यन्त ठुलो चोट दिइरहेको छ ।

जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंस मच्चाएको पनि ७९ वर्ष पुग्दै गर्दा मानव जातिले जापानमा भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म राम्ररी स्थिर बत्र नसकेको महसुस हुन्छ, त्यसैले समय अलिक ढिलो गरी बितिरहेको छ । त्यो बीभत्स घटनाको घाउ सदा बल्झिरहेको महसुस हुन्छ । ज्ञान– विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौ छन् । तिनीहरूमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका दुई सहरहरू माथि गराइएको परमाणु बमको प्रहार नै हो । मानव सभ्यतालाई नै चुनौती दिनेगरी मानवले मावनतामाथि हमला गरेको घटनाका रूपमा यसलाई बुझ्न सकिन्छ।

विश्वव्यापी रूपमा विज्ञान र प्रविधिको पहुँच बढी नै राखेको छ । मान्छे मान्छेबिच अनेकौ भेदभावका बाबजुद आर्थिक, सामाजिक र साँस्कृतिक पृथकता घट्दो क्रममा छ । भूमण्डलका सवै जातजाति, राष्ट्र र समुदायहरू एक अर्कामा निर्भर एवम् एक अर्काबाट प्रभावित छन् । तर पनि अन्याय शोषण विद्यमान छ । बलिया र कमजोर बिच, सपत्र र विपत्र बिच राष्ट्र राष्ट्र बिच प्रभुत्वको द्वन्द छ । यसैगरी राष्ट्रिय अहङ्कार तथा अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्ने र प्राकृतिक स्रोत साधन उपभोगका लागि मात्र नभएर आजको युगमा अन्तरिक्षमा समेत द्वन्द्वको प्रवृति बढ्दो छ । यी द्वन्द्वहरूबाट निर्दोष जनताहरू नै मारमा पर्दछन् । सत्तामा बस्नेहरूको लागि आम जिन्दगीहरूको वास्ता कुन तहसम्मको हुनसक्ने रहेछ र कसरी शासकहरूले आफ्नो राग–द्वेष साट्न अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणहरू मध्येको एउटा प्रतिनिधि विभत्स घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो भन्न सकिन्छ ।

विज्ञान र प्रविधिको क्षेत्रमा बिसौं शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन् तर भयावह हुने गरी विज्ञान र प्रविधिको चरम दुरूपयोग गरिएको उदाहरण हो । जापानमा घटाइएको परमाणु बमकोे विष्फोटन । यसको कहरले त्यहाँ प्रत्यक्ष उत्पत्र गरेको अकल्पनीय भोगाइसम्म पुग्दा त्यस पृष्ठभूमिमा एकफेर घोत्लिनु आवश्यक देखिन्छ ।


दोस्रो विश्वयुद्धको सुरूवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको हुनाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन । दोस्रो विश्वयुद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्दा जर्मनीद्वारा अष्ट्रिया, तत्कालीन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमणका प्रयासहरू भए । त्यसैगरी एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो भने त्यस समयमा जापान एसियाको महाशक्ति राष्ट्रको रूपमा रहेको थियो । आफ्नो साम्राज्य र सैन्यशक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोस्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा एक्कासि र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको हो ।

अमेरिकाको शक्तिशाली जल तथा वायुसेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले ७, डिसेम्बर, १९४१ आइतवारका दिन अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा सेनाको सैन्य अखाडामा अप्रत्याशित र निर्मम आक्रमण गरेको थियो । पर्लहार्बर हवाइ राज्यको होनुलुलु सहरको नजिकैको ठाउँ हो । यहाँ अमेरिकी सेनाका ठुलाठुला जङ्गी युद्धपोतहरू राखिएका थिए । लाखौं ग्यालन तेल भरिएका जङ्गी जहाजहरू पनि राखिएका थिए र त्यहाँको आक्रमणमा ती तेलवाहक जङ्गी जहाज डुबाइएका थिए जसबाट आजसम्म पनि तेल रसाइरहेको पनि देख्न सकिन्छ । पर्लहार्बर आक्रमणको समयमा शनिवारका साँझ नै उल्ल्ोख्य सङ्ख्यामा सैनिकहरू होनुलुलु सहरका रात्रीकालीन मनोरन्जन केन्द्रमा गएको मौका पारी अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठुलो सङ्यामा पानीजहाज, हवाईजहाज र युद्धपोतहरूको क्षति गराइएको थियो ।

उक्त आक्रमणबाट लगभग दुई हजार चारसयको मृत्यु र एकहजार जना घाइते भएका थिए । त्यसको लगत्तै एकदिन पछि ८, डिसेम्बरका दिन संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति फ्रेङ्कलिन रूजवेल्टले पनि जापानका विरूद्ध युद्धको घोषणा गरे । विश्लेषक र इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणु बमको ध्वंसात्मक प्रयोगको कारक र सुरुवात रहेको बताएका छन् । पर्लहार्बर आक्रमणपछि राष्ट्रपति रूजवेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामका लागि अति गोप्य रूपमा म्यानहाटन परियोजना सुरु ग¥यो । वास्तबमा म्यानहटन परियोजना भनेको दोस्रो विश्वयुद्धमा प्रयोग गर्नका लागि चाहिने परमाणु बमको विकास र निर्माणको साङ्केतिक नाम थियो । म्यानहटन परियोजनाका लागि अमेरिकी राष्ट्रपति प्र्mङकलिन रूजबेल्टले २८, डिसेम्बर, १९४२ मा स्वीकृति दिएका थिए । त्यस महात्वाकाङ्क्षी परियोजनाका लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई परमाणु बम बनाउने काममा खटाइएको थियो । यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रूजबेल्टले आफ्ना उपराष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिइएका थिएनन् ।
यसक्रममा युरेनियम – २३५ र प्लुटोनियम – २३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्युमेक्सिको राज्यको दूरदराजको मरूभूमिजस्तो विरान ठाउँमा गरिएको थियो ।

युरोपतिर १९४५ को अप्रिल महिनातिरै युद्घ मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिका बिचमा युद्ध चर्किरहेको अवस्था थियो । १२, अप्रिल, १९४५ मा अमेरिकी राष्ट्रपति रूजबेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुमेनले जापानलाई आत्मसमर्पण वा कुनै ठुलो क्षति बेहोर्नका लागि धम्कपूर्ण घोषणा गरेका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ । त्यस बेलाका ठुला विश्वशक्ति राष्ट्रहरू नाजी जर्मनीलाई युद्धमा हराएपछि जर्मनीको एउटा ठुलो सहर पोस्टड्याममा सन् १९४५ को १७, जुलाइ देखि अगस्त २ सम्म विश्व युद्धपछिको शक्ति सन्तुलनका बारेमा छलफल गर्न भेला भएका थिए जसलाई पोस्टड्याम सम्मेलन भनेर जानिन्छ । यो वास्तवमा कुनै तरिकाले जापानलाई आत्मसमर्पण गराउने र भविष्यका शक्ति सन्तुलनको बारेमा शक्ति राष्ट्रहरूबिच बिचार विमर्श गर्न बोलाइएको सम्मेलन थियो । २६, जूलाई, १९४५ का दिन यो घोषणामा जापानलाई बिनासर्त आत्मसर्मपण गर्न चेतावनी दिइएको थियो ।

यो घोषणामा सँयुक्त राज्य अमेरिका, बेलायत र चीनले सर्मथन जनाएका थिए । पोस्टड्याम घोषणाको दुई दिन पहिला २४, जुलाइका दिन अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत नेता जोसेफ स्टालिनको छेउमा गएर अमेरिकाले निकै शक्तिशाली ध्वँसात्मक हतियारको निर्माण गरेको र त्यो कुनै पनि बम भन्दा बढी शक्तिशाली छ भनेका थिए । जापानले यदि आत्मसमर्पण गरेन भने यो नयाँ बनाइएको प्रलय ल्याउन सक्ने हतिहार जापानमाथि प्रयोग गरिने छ भनेर भनेको कुरा विश्वयुद्धको इतिहासमा उल्लेख गरेको पाइन्छ । यसको अर्थ अमेरिकाले बनाएको खतरनाक भनिएको परमाणु बमको प्रयोग एकैचोटि संसारले थाहा पाएको होइन रहेछ भत्रे बुझिन्छ । यसको सङ्केत तत्कालीन सोभियत सङ्घले पाइसकेको रहेछ । पोस्टड्याम सम्मेलनबाट देशहरूबिच आपसी र बहुपक्ष्ीय शङ्काहरूको विजारोपण भएको बुझ्न सकिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रुम्यानले सोभियत सङ्घप्रति कडा नीति अवलम्वन गर्नुपर्ने सोच राखेको र अर्कोतिर सोभियत नेता जोसेफ स्टालिनलाई अमेरिका र बेलायत मिलेर आपूm र आफ्नो देश विरूद्ध षडयन्त्रका तानाबुना बुत्र लागेको हो कि भत्रे शङ्का उत्पत्र भएको थियो । युद्धविराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो त्यो हो ६ अगस्ट, १९४५ जापानी समय अनुसार बिहानको आठ बजे । हिरोसिमा सहरमा सूर्य उदाएर झलमल्ल हुँदै थियो त्यति नै बेला अमेरिकी बमवर्षक बिमानबाट बम खसालियो र पूरै सहर आगाका लपेटामा आएसरी ताप र विकिरणमा जकडियो । जसमा लगभग ९०५ हिरोसिमा सहर पुछियो र तत्कालै करिब असी हजार भन्दा बढी मानिसले ज्यान गुमाए । जापान लगायत विश्वभरि कोलाहल मच्चियो । स्वयम् जापानीहरू अप्रत्याशित र कल्पना बाहिरको घटना मानिरहेका थिए । यसै बिचमा तीन दिनपछि ९ अगस्तका दिन नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडको बिचमा खस्न पुगेकोले तुलनात्मक रूपमा कम क्षति भएको थियो । नागासाकीको त्यो विपत्मा चालिस हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो ।

मानव इतिहासकै सबैभन्दा भयङ्कर, नयाँ तथा क्रूर घटनाले जापानी सम्राट हिरोहितोले १५ अगस्तका दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुप¥यो । पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकिरणको कारणले गर्दा हिरोसिमामा १,५०,००० र नागासाकीमा ७५,००० जनाको मृत्यु भएको थियो ।
रूस र युक्रेनको युद्धमा भयानक त्रासदी बेहोरिरहेको वर्तमान अवस्थामा विश्वमा अहिले पनि यस्तै खालका ध्वंस गर्ने हिसाबले अझ विकास गरिएका पारमाणविक हातहतियारहरूको डरलाग्दो होडबाजी चलिरहेको छ । रूस र युक्रेन दुवै परमाणु हतियार भएका मुलुकहरू भएको हुनाले परमाणु हतियारको प्रयोग होलाकि भत्रे त्रास पनि कायमै रहेको छ । संयुक्त राष्ट्र सङ्घमार्फत यस्ता क्रियाकलाप तथा होडबाजीलाई निस्तेज पार्नका लागि पहल गर्न प्रयास गरिए तापनि वास्तविक धरातलमा त्यो सफल हुन सकिराखेको छैन । भोक र गरिबीबाट मुक्त हुन एउटा ठुलो हिस्सा सङ्घर्ष गरिरहेको छ भने हतियारको होडबाजीमा ठुलो धनराशि खर्च भइराखेको छ । परमाणु हतियार शक्ति सम्पन्न राष्ट्रहरूले नै भण्डारण गरेको हुनाले र यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतामाथि विभिन्न कोणबाट चुनौती थपिदै गएका छन् । सँयुक्त राष्ट्र संघ शक्ति राष्ट्रहरूका सन्दर्भमा कठोर बत्र सकेको देखिदैन । जापानमा शारीरिक विकृति, रक्त क्यान्सरलगायत तमाम आनुवंशिक रोगहरू र उत्परिवर्तनका घटनाहरू देखिएका छन्, जो अब क्रमशः कम हुदैगएको वैज्ञानिकहरूको ठहर छ ।
आणविक शक्ति सञ्चयका कारणले नागरिकको ख्याल नगरी सनकको भरमा निर्णय गर्दा कसरी ठुलो क्षति पुग्न जाँदोरहेछ भन्ने उदाहरण पर्लहार्बर, हिरोसिमा र नागासाकी जस्ता प्रतिनिधि घटनाले स्पष्ट पार्दछन् । हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी घटना र त्यसबाट मानव जातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मानव मनमस्तिष्कमा रहेको छ भन्ने कुराको अनुमान मात्र पनि लगाउन गाह्रो हुन्छ । सैन्य शक्तिको वबलमा प्राकृतिक स्रोत साधनमा कब्जा सँगै आफ्नो प्रभुत्व जमाउन खोज्ने शतिmको ठुलो हार भयो र आत्मसमर्पण गर्नुप¥यो । जापानी सम्राट हिरोहितो त्यस बीभत्स घटनापछिका दिनहरूमा जीवनभर दुःखी रहनुप¥यो र विश्वयुद्धताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकीलाई आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पु¥यायो र जापानको हारको कारक ठान्दै पछि उनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।


प्रत्येकघटना साना वा ठुला किन नहुन् तिनको अन्तर्यमा धेरै कुराहरू लुकेका हुन्छन् । दोस्रो विश्वयुद्घ चलिरहँदा चीनमा माअ‍ोत्सेतुङ्गको नेतृत्वमा सामाजिक तथा राजनीतिक रूपान्तरणको क्रान्ति चलिरहेको अवस्था थियो जो अहिले एसियाली राष्ट्रहरूमध्ये महाशक्तिको रूपमा उदीयमान छ । जापानमा घटेको त्यो वीभत्स घटनाले जापानसँगै युरोपको पनि हार भयो । बिसौ शताब्दीको मध्यतिर अब्बल रहेको युरोपको बिज्ञान तथा प्रविधि अमेरिका तिर सर्न पुग्यो र आर्थिक रूपमा पनि अमेरिका एक महाशक्ति राष्ट्र बत्रपुग्यो । साथसाथै विश्वमा रहेका विभित्र क्षेत्रका बौद्घिककेन्द्र (थिङ्कट्याङ्क) पनि अमेरिका सरेको मात्र सकिन्छ । दोस्रो विश्व युद्धपछि मध्यम विश्वशक्ति ठानिएको अमेरिका विश्वको नेतृत्व गर्ने शक्तिशाली देशको रूपमा उभिन पुग्यो । तीब्ररूपमा शक्ति र प्रभावमा भएको बढोत्तरीका कारण अमेरिकाका थप जिम्मेवारीहरू विश्वमाझ बढेर गए जसलाई अमेरीकी युग भनेर पनि बुझ्न थालियो । खासमा भत्रे हो भने बेलायतको विश्वमा रहेको हैकम बिस्तारै कम हुँदै गयो ।

बेलायतले उपनिवेश बनाएका देशहरूमा स्वतन्त्रताको आन्दोलन चर्कदँ गयो । यस कारणबाट पनि बेलायतलाई उछिनेर अमेरिका अगाडि लाग्यो । अक्टोबर १९४५ मा सँयुक्त राष्ट्र सँघको गठनमा पनि सँयुक्त राज्य अमेरिकाको नेतृत्वदायी भूमिका रह्यो । द्वितीय विश्व युद्धपछि विश्व खासगरि दुई धु्रबीय बत्रेतिर गयो । पुँजीवादी खेमाको नेतृत्व सँयुक्त राज्य अमेरिकाले र समाजवादी खेमाको तेतृत्व तत्काीलन सोभियत सङ्घले गर्दैगर्दा लामो समयसम्म शीतयुद्धको चपेटामा विश्व परे तापनि हिरोसिमा र नागासाकी जस्ता अप्रिय घटना हुन पाएनन् । सतहमा हेर्दा पर्लहार्बरको घटना हिरोसिमा नागासाकी त्रासदीको कारक भएको भए तापनि तत्कालिन सोभियत सङ्घ, जापान तथा युरोपका देशहरूले गरेका विकास र प्रगतिको हानथापमा उपयुक्त समयको पर्खाइमा रहेको अमेरिकालाई बिज्ञान–प्रविधिसंगै आर्थिक दृष्टिले विश्वमहाशक्तिको रूपमा स्थापित हुन सहयोग पुगेको मात्र सकिन्छ ।


परमाणु बम विस्फोटको घटना बेहोरि सकेको विश्वले अर्को त्यस्तो घटना बेहोर्न नपरोस् भत्रे कुरामा सँयुक्त राष्ट्र सङ्घ लगायत सम्बन्धित सवै पक्षहरू थप जिम्मेवार बत्र आवश्यक देखिन्छ । वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गइरहेको छ । नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सपत्र राष्ट्रहरू भएका हुनाले त्रिकोणात्मक द्वन्दमा जानीनजानी हुनसक्ने सम्भावित दुर्घटनाद्वारा बाँच्न नेपालले अँगाल्नुपर्ने नीति तथा कार्यक्रमका बारेमा पनि सचेतनता अपनाउनु आवश्यक छ । हाल युक्रने र रुसविरुद्धको द्वन्द्वले गर्दा विश्वले भयावह खालको आर्थिक मन्दि खेपिरहेको छ । यसै बिचमा कहिँकतै परमाणु हतियारको प्रयोग हुने पो हो कि भनेर सन्त्रास उत्पन्न भएको अवस्था छ । केही राष्ट्रहरू यस युद्धले आफ्नो स्वार्थलाई सर्वोपरी राख्दै परमाणु बमको प्रयोग गर्न भड्काउँदै गएको पनि प्र्रतीत हुन्छ । यस विषयमा सङयुक्त राष्ट्रसङ्घ सहित देशहरू र जनता पनि सचेत हुन आवश्यक छ । मानव सभ्यतामा घट्न पुगेको परमाणु बम प्रयोगको त्यो महाप्रलयकारी घटना अन्तिम हुनुपर्दछ भत्रे कामना गरौं । हिरोसिमा र नागासाकी घटनाको स्मृति वार्षिकीको यस घडीमा सम्पूर्ण दिवङ्गत जनमा भावपूर्ण शब्द श्रद्धाञ्जली।

लेखक : डा. एम.एल.शर्मा भुसाल (त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ)

प्रकाशित : २३ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६