ब्रेकिंग न्युज

पत्रकारलाई कोठामा थुन्ने पालिका अध्यक्ष मण्डलविरुद्ध प्रहरीमा जाहेरी




जनकपुरधाम २३ साउन । पत्रकारलाई कोठामा थुन्दै सञ्चार उपकरण खोसेर दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितलाई कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ ।केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्ष मण्डलविरुद्ध शुरु गरेको आन्दोलनको रिपोर्टिङ गर्न गएका पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार कोठामा थुनेर दुर्व्यवहार गरेका थिए ।पत्रकार महासंघ सप्तरीका सचिव रहेका कान्तिपुर टीभीका संवाददाता रामनारायण विश्वास, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रहेका राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचारका संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर सञ्चार उपकरण खोस्दै दुर्व्यवहार गरेका थिए ।घटनामा संलग्न पालिका अध्यक्ष मण्डलसहितलाई कारबाहीको माग गर्दै पीडित तीनै जना पत्रकारले जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गजुसिद्धी बज्राचार्यसमक्ष जाहेरी दिएका छन् यस्तै घटनाको सत्यतथ्य छानबिन गरी दोषी सबैमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले पनि प्रहरीमा निवेदन दिएका छन् ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६