कपिलवस्तु । नेकपा एमाले निकट अनेरास्ववियु कपिलबस्तुको अध्यक्षमा निशान खड्का निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा प्रकाश न्यौपाने र सुदिप खनाल, सचिवमा पारस मरासिनी, सह सचिवमा पशुपति गिरी,शिवलाल ठाकुर, सिता अधिकारी र अश्विन केसी निर्वाचित भएका छन् ।यस्तै कोषाध्यक्षमा अभिषेक यादब सहित ३९ सदस्यीय कमिटि निर्वाचित भएको हो ।

अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा भएको २५ औँ जिल्ला अधिवेशनमा बोल्दै उनले बिद्यार्थीहरु बिश्वकै बलियो जनशक्ति रहेको बताउँदै देश बनाउनमा बिद्यार्थीको हात निकै ठूलो रहेको उल्लेख गरे ।










प्रतिक्रिया