कपिलबस्तु, ०२ भदौ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्र्चाज गिरधारीलाल न्यौपानेले संस्कृतिको जर्गेनाका लागि सभ्य रुपमा तीज पर्व मनाउनु आग्रह गर्नुभएको छ । महिलाहरु सामाजीक सांस्कृतिक र राजनैतिक रुपले सवल र सक्षम भए जसरी अव आर्थिक रुपमा पनि सवल र सक्षम हुन जरुरी रहेको बताउनुभयो । हरितालिका तिजको अवसरमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै यस्तो बताउनुभएको हो ।
कार्यक्रममा प्रदेश सदस्य तथा बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले महिलाहरुको सर्वपक्षीय विकास विना देशको आर्थिक विकास संम्भव नहुने भन्दै महिलाहरुलाई आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो । यस्तै जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले सहभागी सम्पूर्णलाई तीज पर्वको शुभकामना दिदै पुर्खाहरुले मनाउने तीज पर्व सरह नै आफुहरुको संस्कृति रहेको र त्यसैलाई अनुसरण गर्दै तिज पर्व मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अनेमा सघंका केन्द्रिय सदस्य एवं प्रदेश कमिटी सदस्य शारदा शर्माले वर्तमान पुस्ताले संस्कृतिको जर्गेना गर्दै समाजलाई सकारात्मक दिशा तर्फ डोर्याउनुपर्नेमा जोड दिनुभयो । उहाले अधिकांश स्थानमा भड्किलो रुपमा तीज मनाउने थालिएकोमा दुःख व्यक्त गर्नुभयो ।
अखिल नेपाल महिला सघं बाणगंगा नगर कमिटीमो आयोजनामा सम्पन्न कार्यक्रममा पुर्व जिल्ला अध्यक्ष एवं प्रदेश सदस्य डम्मर शर्मा, जिल्ला कमिटी पुर्व अध्यक्ष एवं निर्वाचन आयोग केन्द्रय सदस्य झविलाल पोख्रेल, उपप्रमुख रिताकुमारी चौधरी प्रदेश कमिटी सदस्य द्रोणराज सुवेदी, धर्मराज भुषाल, विमला चौधरी, धनकुमारी अधिकारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम विद्या शर्माको संचालन तथा नगरकमिटी उपाध्यक्ष तारावन्ती चौधरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।








प्रतिक्रिया