भक्तपुर २ भदौ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई समय नदिएको गुनासो गरेका छन् ।आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै वामदेवले यस्तो गुनासो गरेका हुन् । देश र जनताका विषयमा कुरा गर्न आफूले प्रधानमन्त्री ओलीसँग समय मागेको तर, नपाएको गुनासो वामदेवको छ ।
नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेको उल्लेख गर्दै उनले त्यसकै बारेमा सरकार प्रमुख ९प्रधानमन्त्री० सँग भेटेर कुरा गर्ने सोचेको भएपनि त्यो नपाएको उनी उनले बताए त्यसो त वामदेव प्रधानमन्त्री ओलीको पार्टी नेकपा ९एमाले० फर्किन तम्तयार छन्, जुन उनको पूर्वपार्टी पनि हो । २०७८ भदौ १८ गते दोस्रोपटक एमाले छाडेका वामदेव अहिले नेकपा एकता महाअभियानका संयोजक छन् ।
२०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० २०७७ पुस ७ गते फुट्यो । एमाले(माओवादीबीच पुनस् एकता हुनुपर्ने माग गर्दै आएका उनले पछि नेकपा एकता महाअभियान नै घोषणा गरे ।
एकता महाअभियान अहिले राजनीतिक रूपमा पूरै निष्क्रिय छ । उनी भने पुनस् एमाले फर्किन तम्तयार छन् । उनले अध्यक्ष ओलीलाई ‘कहिले बोलाउनुहुन्छ, आइहाल्छु‘’ भनेर भन्ने गरेका छन् ।
पहिल्यै पनि खासै भाउ नदिइरहेका ओलीले प्रधानमन्त्री बनेयता समयसमेत दिएका छैनन् । समय नपाएपछि वामदेवले राष्ट्रिय सभामै दुखेसो पोखाएका हुन् ।यसअघि ओली सरिक एउटा सार्वजनिक कार्यक्रममै वामदेवले आफू अझै तन्दुरुस्तै रहेको जिकिर गर्दै जिम्मेवारी दिएर पार्टीमा फर्काउन माग गरेका थिए ।
३ भाद्र २०८१, सोमबार








प्रतिक्रिया