कपिलवस्तु । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । भदौ ७ गते (भोलि) सिद्धार्थ क्याम्पसमा हुन गईरहेको दोस्रो अधिवेशनको तयारी पुरा भएको नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले बताउनुभएको छ ।
अधिवेशनको उद्घाटन संघिय सरकारका भूमि, व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने तय भएको नगर कमिटी सचिव बिष्णु गिरीले जानकारी दिनुभएको छ ।
अधिवेशन सफलता पुर्वक सम्पन्न गर्नका लागि तयारी स्वरुप विभिन्न उप समितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । प्रतिनिधि जाँचबुझ र व्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी सचिव बिष्णु गिरी, खाद्यान्न ब्यस्थापन उप समितिको संयोजकमा नगर कमिटी उपाध्यक्ष मुक्त बहादुर कार्की, मञ्च ब्यबस्थापन उप समितिको संयोजकमा कृष्ण बहादुर विक, स्टेशनरी तथा खादा ब्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी उप सचिव चेत नारायण भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै आर्थिक ब्यबस्थापन उप समितिको संयोजकमा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको संयोजक रहने गरि सदस्यमा नगर कमिटीका पदाधिकारी छन् । सम्पुर्ण उप समितिले सम्पुर्ण तयारी पुरा गरिसकेको नगर कमिटी उपाध्यक्ष मुक्त बहादुर कार्कीले जानकारी दिनुभयो ।
अधिवेशनमा राजनैतिक प्रतिवेदन नगर कमिटी अध्यक्ष युवराज पोख्रेल, सांगठनिक प्रतिवेदन सचिव बिष्णु गिरी तथा आर्थिक प्रतिवेदन उप सचिव चेतनारायण भण्डारीले प्रस्तुत गर्नुहुनेछ ।
यता दोस्रो अधिवेशनका लागि पार्टीका जिल्ला कमिटी सदस्य नेत्र गिरीको संयोजकत्वमा निर्वाचन कमिटी समेत गठन भएको छ ।अधिवेशनका लागि आयोजक कमिटी सहित ११ वटा वडाका २ सय बढी प्रतिनिधि सहभागी हुंदैछन् ।
प्रतिक्रिया