कपिलवस्तु, ०७ भादौ ।
नेकपा (एमाले)का केन्द्रिय सल्लाहकार परिषद सदस्य भानु प्रकाश श्रेष्ठलाई पत्नी शोक परेको छ । केन्द्रिय सल्लाहकार परिषद सदस्य भानु प्रकाश श्रेष्ठकी धर्म पत्नी बाल कुमारी श्रेष्ठको ७९ वर्षको उमेरमा शुक्रबार आफ्नै निवास कर्मनामा निधन भएको हो । ७९ वर्षे बाल कुमारी श्रेष्ठलाई आजै लक्ष्मणघाटमा अन्तिम दाह संस्कार गरिएको छ ।
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री एवम् एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको (एमाले) कपिलवस्तुले जनाएको छ ।
स्व. बाल कुमारी श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु पंथी, एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, एमाले पूर्व जिल्ला अध्यक्ष डम्मर शर्मा, संविधान सभा सदस्य विश्राम प्रसाद थारु, एमाले नेता नेत्रराज अधिकारी, नेकपा (माओवादी) केन्द्रका नेता रुद्र बन्जाडे, विष्णु बेल्बासे, एमाले जिल्ला सचिव सिवि गहतराज विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक हरुको उपस्थिती रहेको एमाले कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया