ब्रेकिंग न्युज

खोलामा खेल्दै गर्दा बाढीले बगाएर बेपत्ता भएका उमेश र किशोरको शव फेला




कपिलवस्तु, १९ भदौ । नुहाउनेक्रममा खोलाले बगाउदा बेपत्ता २ जनाको शव फेला परेको छ । कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका २ का २८ वर्षिय उमेश पौडेलको शव ढाव कुलाको बाधमा भेटिएको हो भने किशोर रास्कोटीको शव हडाह कुलोको बाधमा भेटिएको हो ।

उनिहरु मंगलबार दिउँसो चार जना साथीहरु पौडी खेल्न खोलामा गएका थिए। खोलामा खेल्दै गर्दा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएको थियो। पौडिन नसक्दा उमेश र किशोरको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुई साथीहरु पौडिएर ज्यान बचाउन सफल भएका छन्।

घटनापछि स्थानीय र सुरक्षाकर्मीहरुले खोजी अभियान चलाएका थिए। घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य गरेपनि सकुसल भेटाउन सकेन केहि पर उनिहरुको शव फेला परेको थियो ।

शव भेटिएको क्षेत्र क्षेत्र घटना स्थल देखि करिब ५००-६०० मिटरको दुरीमा पर्दछ । शवलाई पोस्टमाटमका लागि पिपरा अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६