अन्तर्राष्ट्रिय

पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन



काठमाण्डौं, २४ भदौ ।
पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन

प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले देशका विभिन्न भागबाट खानका समर्थकहरूलाई इस्लामावादतर्फ अघि बढेको देखाएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

विरोध प्रदर्शनमा सहभागीले खानलाई जेलमुक्त नगरेसम्म शान्त भएर नबस्ने बताएका छन् । इस्लामाबाद प्रशासनले शहरमा हुने सम्भावित अशान्ति रोक्न मुख्य प्रवेश मार्गहरूमा कन्टेनरहरू राखेर र प्रहरी परिचालन गरेको छ ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६