प्रदेश

मिडियाबाट निरन्तर खबरदारी चाहिन्छः मुख्यमन्त्री आचार्य



कपिलवस्तु, २५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी चाहिने बताएका छन् ।

उनले तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जबाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि मिडिया क्षेत्रबाट खबरदारी गर्न आग्रह गरेका हुन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा मिडिया मन्थन पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न आग्रह गरे ।

उनले तथ्यमा समाचार लेख्न आग्रह गर्दे कतै कमजोरी भएमा सच्चिन तयार रहेको बताए । उनले प्रदेश सकारको नियतमा खोट नभएकाले कमीकमजोरी भए सच्चाउन तयार रहेको स्पष्ट पारेका हुन् । उनले पूर्वविशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम गरिएको बताए ।

कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे । उनले संघीयताको मर्म अनुसार प्रदेश सरकारले काम गरेको भन्दै आम जनताको दिनचर्या सहज बनाउने गरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६