ब्रेकिंग न्युज

स्थानीय तहका ४१ पदमा उपनिर्वाचन : कुन दलबाट जितेका कति ठाउँ खाली ?



काठमाडौं १ असोज । आगामी मंसिर १६ गतेका लागि सरकारले स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिसकेको छ । त्योसँगै उपचुनावको तयारी अघि बढिसकेको आयोगले जनाएको छ ।

उपनिर्वाचनको मिति तोकिएसँगै मतदाता नाम दर्ता कार्य बन्द गरिएको र मतदाता नामावली अद्यावधिकको काम बुधबारदेखि अघि बढाउने तयारी भइसकेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार त्यसपछि क्रमशस् दल दर्ताका लागि आह्वान गर्ने काम अघि बढाइने, सामाजिक सञ्जाल व्यवस्थापनको काम अघि बढाइने र निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ ।

निर्वाचन आयोगको विवरणअनुसार सबैभन्दा बढी नेपाली कांग्रेसबाट निर्वाचित २ जिल्ला समन्वय समिति प्रमुख र ३ पालिका प्रमुख तथा अध्यक्षसहित २४ स्थान रिक्त भएका स्थानमा उपनिर्वाचन हुँदैछ । जसमा नगर प्रमुख एक र दुई गाउँपालिका अध्यक्ष छन् ।

कीर्तिपुर नगरपालिकाको मेयरका लागि उपचुनाव हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष पनि नयाँ चुनिँदैछ । कांग्रेसबाटै निर्वाचित भई रिक्त जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको लागि पनि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समिति ओखलढुंगा र जिल्ला समन्वय समिति कैलालीमा रिक्त रहेको प्रमुख पदका लागि निर्वाचन हुँदैछ ।

दोस्रोमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित ८ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । माओवादीले यसअघिको निर्वाचनमा जित हासिल गरेको हुम्लाको सर्केगाड गाउँपालिका र रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पद रिक्त भएपछि उपनिर्वाचन हुँदैछ ।

यस्तै नेकपा एमालेबाट निर्वाचित ७ वडा अध्यक्ष पद रिक्त भएपछि उपनिर्वाचन हुँदैछ । जनता समाजवादी पार्टी ९जसपा० को एक र स्वतन्त्र एक गरेर दुई अध्यक्ष जितेको वडामा रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कहाँ(कहाँ हुँदैछ निर्वाचन रु
नेपाली कांग्रेसबाट निर्वाचित २ रिक्त जिल्ला समन्वय समिति प्रमुख
१। ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुख – डिल्लीराम खनाल

२। कैलाली जिल्ला समन्वय समिति प्रमुख – पदमबहादुर कलेल

नेपाली कांग्रेसबाट रिक्त ३ प्रमुख तथा अध्यक्ष
१। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख – राजकुमार नकर्मी

२। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष – जयप्रसाद गच्छदार

३। दैलेखको महाबु गाउँपालिका अध्यक्ष – लक्ष्मण गुरुङ

नेपाली कांग्रेसबाट निर्वाचित रिक्त ३ उपप्रमुख तथा उपाध्यक्ष
१। जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख – सरिता सिंह

२। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष – श्याम तामाङ

३। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष – मैना जोशी

नेपाली कांग्रेसबाट स्थानीय तहमा रिक्त १६ वडाध्यक्ष
१। तेह्रथुमको लालीगुराँस नगरपालिका ८ नम्बर वडा अध्यक्ष – तेजमान लिम्बू

२। ओखलढुंगाको मोलुङ गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – गोपीकृष्ण कार्की

३। उदयपुरको त्रियुगा नगरपालिका १२ नम्बर वडा अध्यक्ष – चुडाराज काफ्ले

४। उदयपुरकै बेलका नगरपालिका ९ नम्बर वडा अध्यक्ष – पदम खड्का

४। सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ नम्बर वडा अध्यक्ष – हरिप्रसाद राय

५। धनुषाको धनुषाधाम नगरपालिका १ नम्बर वडा अध्यक्ष – विश्वनाथ यादव

६। रौतहटको राजपुर नगरपालिका ६ नम्बर वडा अध्यक्ष – शेख आलम

७। काठमाडौंको कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्ष – हिरालाल महर्जन

८। काठमाडौंको काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष – मुकुन्द रिजाल

९। नुवाकोटको ककनी गाउँपालिका २ नम्बर वडा अध्यक्ष – तिलक लामा

१०। गुल्मीको मुसिकोट नगरपालिका १ नम्बर वडा अध्यक्ष – मोहन घिमिरे

११। रोल्पाको रुन्टीगढी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष – टेकबहादुर पुन

१२। बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडा अध्यक्ष – सूर्यबहादुर विष्ट

१३। रुकुम पश्चिमको सानोभेरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – अलबहादुर खत्री

१४। डोटीको पूर्वीचौकी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष – पुष्पराज जोशी

१५। कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडा अध्यक्ष – महेन्द्र भट्ट

नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त २ गाउँपालिका उपाध्यक्ष
१। हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष – चन्द्रसिंह कार्की

२। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष – भुपिन्द्रा बुढा

नेकपा माओवादी केन्द्रबाट निर्वाचित रिक्त ६ वडाध्यक्ष
१। महोत्तरीको रामगोपालपुर नगरपालिका २ नम्बर वडा अध्यक्ष – मुकेशकुमार यादव

२। मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा अध्यक्ष – ललित घलान

३। कालीकोटको तिलागुफा नगरपालिका ४ नम्बर वडा अध्यक्ष – परबहादुर शाही

४। जाजरकोटको कुसे गाउँपालिका ७ नम्बर वडा अध्यक्ष – मनबहादुर घर्ती

५। दार्चुलाको दुहुँ गाउँपालिका ५ नम्बर वडा अध्यक्ष – मनोरथ भट्ट

६। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ नम्बर वडा अध्यक्ष – जसबहादुर श्रीपाली

नेकपा एमालेबाट निर्वाचित ७ वडाध्यक्ष
१। झापाको कन्काई नगरपालिका ६ नम्बर वडा अध्यक्ष – दीर्घबहादुर थापा

२। सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष – शडानन्द उराब

३। रौतहटको ईशनाथ नगरपालिका ७ नम्बर वडा अध्यक्ष – शेखखली उल्लाह

४। गोरखाको गोरखा नगरपालिका ५ नम्बर वडा अध्यक्ष – खिलबहादुर राना

५। दैलेखको दुल्लु नगरपालिकाको १३ नम्बर वडा अध्यक्ष – बिर्खबहादुर शाही

६। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ नम्बर वडा अध्यक्ष – नन्दलाल रोका

७। बझाङको सुर्मा गाउँपालिका ४ नम्बर वडा अध्यक्ष – सर्जन बोहोरा

जनता समाजवादी पार्टी ९जसपा० बाट निर्वाचित रिक्त १ वडाध्यक्ष
१। रौतहटको गढीमाई नगरपालिका ८ नम्बर वडा अध्यक्ष – रामाग्य राय

स्वतन्त्रबाट निर्वाचित एक वडा अध्यक्ष
१। काठमाडौंको कीर्तिपुर नगरपालिका ४ नम्बर

प्रकाशित : १ आश्विन २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६