देश

दुर्गा प्रसाईं पक्राउः अनुसन्धान गर्न अदालतले दियो १० दिन म्याद



काठमाडौँ, ०६ असोज । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न १० दिनको म्याद दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अवराधको कसूर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।

प्रकाशित : ६ आश्विन २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६