अर्थ-वाणिज्य

दुर्गा प्रसाईंका ६ समर्थकमाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा




कपिलवस्तु ९ असोज ।दुर्गा प्रसाईं पक्राउको विरोधमा गाडीमा आगजनी गर्ने ६ जना कार्यकर्ताविरुद्ध प्रहरीले आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा अनुसन्धान अगाडी बढाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले उक्त कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको डएिसपी कृष्ण चन्दले जानकारी दिए।

उनीहरुले असोज ६ गते प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि बेलुका झापाको कनकाई नगरपालिका–८ विरिङ खोलाको पुलमा भारतीय ट्रकमा आगजनि गरेका थिए। भारतको सिलिगुडीबाट प्लाईको पत्ता बोकेर सिरहातर्फ जाँदै गरेको ट्रक जलाएका उनीहरुले त्यहि राति साढे २ बजे विर्तामोड–६ गिरिबन्धु टि स्टेटमा अर्को भारतीय ट्रक जलाएका थिए।

उनीहरुले चालकको ज्यानै जाने गरी पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको भनाई छ। पेट्रोल बम प्रहारबाट चालक घाइते भएका छन्। घटनामा संलग्न मध्ये ६ जनालाई पक्राउ गरिसकेको डीएसपी चन्दले बताए।
पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का २४ वर्षीय विवस लिम्बु, बुद्धशान्ती गाउँपालिका–४ का १९ वर्षीय बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत, अर्जुनधारा नगरपालिका–९ का ३८ वर्षीय रुद्र भुजेल रहेका छन्।

यस्तै हल्दिबारी–१ का ५१ वर्षीय बीरबहादुर गुरुङ र बिर्तामोड–३ का ३५ वर्षीय उदय लिम्बुमाथि पनि प्रहरीले कारबाही अगाडि बढाएको छ। उनीहरु सबै दुर्गा प्रसाईंले सञ्चालन गरेको राष्ट्र राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महा अभियानका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
यता प्रसाईंलाई भने बुधबार थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। उनलाई विद्युतीय अपराधको कसुरमा साइबर ब्यूरोले गत आइतबार पक्राउ गरेर पहिलो पटक ३ दिन हिरासतमा राख्न अनुमति पाएको थियो।

प्रकाशित : ९ आश्विन २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६