प्रदेश

“पोण्ड क्रस विथ रोप” साहसिक खेलमा विशाल र अभिशेख विजयी



हरि घिमिरे, २४ असोज । कपिलवस्तुको वाणगंगा नगरपालिका-राजापानीमा बुधबार पहिलो पटक साहसिक खेल “पोण्ड क्रस विथ रोप” सम्पन्न भएको छ। लायन्स क्लब कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगितामा सिनियरतर्फ विशाल थारु र जुनियरतर्फ अभिशेख खड्का विजयी भएका छन्।

सिनियर विजेता थारुले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने जुनियर विजेता खड्काले १५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । सिनियरतर्फ दोस्रो भएका सुशील थारुले २५ हजार १ सय ११ रुपैयाँ र तेस्रो स्थानमा रहेका रोशन श्रेष्ठले १५ हजार १ सय ११ रुपैयाँ जितेका छन्।

जुनियरतर्फ दोस्रो स्थानमा रहेका कपिम सापकोटाले ७ हजार १ सय ११ रुपैयाँ र तेस्रो स्थानका सौरभ शर्माले ५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रम संयोजक राम सुभागे थारुले जानकारी दिएअनुसार खेलमा दुई विधा—जुनियर (८ देखि १६ वर्ष उमेर समूह) र सिनियर—समावेश गरिएको थियो। खेलाडीहरूले डोरीमा राखिएका रिङ समाउँदै तोकिएको दुरी छिटो पार गर्नुपर्ने थियो। जुनियरतर्फ २५ मिटर र सिनियरतर्फ ४८ मिटरको दुरी पार गर्ने आधारमा प्रतिस्पर्धा भएको थियो।

खेलबाट सङ्कलित रकम लागू पदार्थ दुर्व्यसन र अटिजम प्रभावितलाई सहयोगार्थ खर्च गरिने क्लबका अध्यक्ष नवदत्त घिमिरेले जानकारी दिनुभयो । क्लवले यो साहसिक खेल नेपालमै पहिलो पटक आफुहरुले गराएको दाबी गरेको छ । विगतमा लायन्सले ‘साइकल प्लाङक ब्यालेन्स’ गराउँदै आएको थियो ।

प्रकाशित : २४ आश्विन २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६