देश

दशैँमा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम निरन्तर



चितवन, २० असोज । चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर भइरहेको छ । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । रङ्गशाला निर्माण कार्य अहिलेसम्म १० प्रतिशत सकिएको छ ।

धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ । गएको साउनमा बिबिआर जेभीले निर्माणकार्य शुरु गरेको हो ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । २०८३ साल पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाख रुपैयाँमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

रङ्गशाला निर्माण गर्न चालू आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : २८ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६