ब्रेकिंग न्युज

पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाई



असोज २८ गते, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं हाल संघीय सरकारका भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रका जनतासंग प्रत्यक्ष भेटघाट गरी दशैं मनाएका छन् । बिजयादशमीको टिका नभए पनि गएको बिहिवारदेखि सोमवारसम्म मन्त्री अधिकारीले कपिलवस्तुका २१ स्थानका सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा मन्त्री अधिकारीले जनताको समस्या सुन्ने र समाधानको बिकल्प र प्रयासबारे जनतालाई जानकारी गराएका थिए । कतिपय सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री अधिकारीले जनताका सरोकारका र गुनासोकाबारेमा जिल्लास्तरका कार्यलय प्रमुखलाई फोन गरी तुरुन्त समस्या समाधान गर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री अधिकारीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेका अनुसार बिहिवार मन्त्री अधिकारीले कपिलवस्तु निर्वाचन क्षेत्रको दक्षिण भेगमा रहेका लवनी, बरगदवा, बल्लुहवा, पचेरा, सिसनीय, हर्नामपुर, नन्दनगर, जगदीशपुरलगायका स्थानमा निर्वाचन क्षेत्रका जनतासंग प्रत्यक्ष भेटघाट र सार्वजनिक सुनुवाई गर्नुभएको छ । सुक्रवार मन्त्री अधिकारीले कविपलस्तुको क्षेत्र नम्वर ३ मा रहेको कृष्णनगर, बहादुरगञ्ज, चनैई, शिवराज, बिजयनगर गाँउपालिकालगायत ५ स्थानमा सार्वजनिक सुनुवाई गरिएको थियो । सनिवार दशै टिकाको दिन ब्यक्तिगत र आफनो टोल र बाणँगगा नगरपालिकामा ब्यक्तिगत र महत्वपुर्ण भेटघाटमा समय दिएका मन्त्री अधिकारीले आईतवार र सोमवार ९ स्थानमा सार्वजनिक सुनुवाई गदैं आफु कपिलवस्तुको सर्वाङ्गीण विकासमा प्रतिवद्ध रहेको र संघ, प्रदेश र स्थानीय तहबिच समन्वय र प्रभावकारी काम मार्फत जिल्लाको बिकास सम्भव भएको मन्त्री अधिकारीको भनाई छ ।

छिट्टै भूमि आयोग गठन गरेर कपिलवस्तु लगायत देशभरकै भूमि समस्या स्थायीरुपमा समाधान गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता जनाए । नेकपा एमालेले कपिलवस्तुका ३ प्रतिनिधि सभामध्ये दुइ स्थान र ६ प्रदेश सभामा ४ स्थानमा बिजयी भएको छ भने अन्य ३ स्थानमा झिनो मतान्तरले दोस्रो बन्न पुगेको थियो । कपिलवस्तु जिल्लालाई एमालेले आफनो पकट जिल्लाको रुपमा गणना गदैं आएको छ । संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनले पनि त्यो कुरालाई पुष्टि गरेको छ ।

प्रकाशित : २८ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६