देश

अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत, टी–२० शृङ्खलामा ‘क्लिन स्वीप’



काठमाण्डौ, ०५ कार्तिक । अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफ ३९ बलमा ५० रन बनाएर आउट भए । यस्तै कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा नटआउट रहे । अमेरिकाका जसदीप सिंह र जुआनोए ड्रेस्डेलले १र१ विकेट लिए ।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

प्रकाशित : ५ कार्तिक २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६