देश

ओली सरकारको सय दिन जनतालाई उकुसमुकुसः यशोदा सुवेदी



काठमाडौँ, १० कार्तिक । माओवादी केन्द्रकी नेतृ यशोदा सुवेदी गुरुङले कांग्रेस एमाले गठबन्धनको केपी ओली नेतृत्वको सरकारको सय दिनमै उकुसमुकुस भएको बताएकी छिन् । शनिवार काठमाडौँमा गरिएको खबरदारी सभामा बोल्दै उनले मध्यरातमा अपवित्र गठबन्धन गरेर सरकार बनाएको बताउँदै सरकार भ्रष्टाचारी, बिचौलियाको संरक्षणमा लागिपरेको आरोप लगाइन् ।

उनले भनिन्– ‘बाढी पहिरोबाट आक्रान्त जनतालाई राहत दिनुको सट्टा उनीहरूलाई थप पीडित बनाउने काम सरकारबाट भइरहेको छ । हामी खबरदारी गर्न चाहन्छौ सरकार यसरी बेलगाम ढङ्गले अघि बढ्ने हो भने, नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्ने हो भने नेपाली जनता चुप लागेर बस्ने छैनन् ।’

उनले नेपाली जनताले सरकारका कामको सशक्त प्रतिकार गर्ने बताउँदै नेपाली चाहना, अधिकार कुल्चने दुष्प्रयास नगर्न चेतावनी समेत दिइन् । सरकारले भूमाफिया, भ्रष्टाचारीसँग मिलेमतो गरेमा निरन्तर खबरदारी गर्ने बताइन् ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६