ब्रेकिंग न्युज

अमेरिकाबाट फर्केका रबिलाइ जागीर मिलाएर सघाएको हु : ओली



कपिलवस्तु ३० कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने बेरोजगार भएका बेला आफूले सरकारी स्वामित्वको नेपाल टेलिभिजन (एनटीभी)मा कार्यक्रम मिलाइदिएको बताएका छन्।कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो दिन बिहीबार ‘प्रधानमन्त्रीसँग परिसंवाद’ सत्रमा उनले आफू प्रधानमन्त्री भएका बेला रवि काम माग्न आएपछि ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाउने व्यवस्था मिलाइदिएको बताए हुन्। रविबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति यसप्रकार छ(
एउटा रवि बाबु जबलेस भएर हिँडिरहेका बेला मकहाँ आउनुभयो र ९भन्नुभयो० ‘मलाई कुनै जब दिनुपर्‍यो। अफ्ठ्यारामा छु।’मैले भनेँ( के जानेको छरु‘अलि बोल्ने कला छ।’ मैले पनि कला होला भन्ठानेँ।‘र म पत्रकारिता गर्न सक्छु।’ त्यसो भए म बाबुकै लागि एउटा प्रोग्राम राख्छु, सिधाकुरा प्रधानमन्त्रीसँग। त्यसको पैसा पनि एनटीभीलाई तिर्नुपर्दैन, त्यो मेरो प्रोग्राम हो। विज्ञापन उठाएर जीविका चलाऊ भनेपछि दुईचार लाख, पाँच दस लाख उठाएर जीविका चलाउने बाटो त्यहाँ बन्यो।
उहाँले अलि कराउन सिकेको त्यहीँ हो।त्यसपछि म हटेपछि प्रचण्डजीले निकालिदिनुभयो। न्युज ट्वान्टी फोर कि के भन्नेमा जानुभयो। त्यहाँ बसेर नबोल्ने, उभिएर मच्चीमच्ची कराउने सिक्नुभयो। त्यो डेभलप गर्नुभयो।यसबीचमा केके केके केस लागे, त्यो मेरो रुचिको विषय होइन। मैले राम्रै गरिदिन खोजेको हो।त्यसपछि पार्टी खोल्छु भन्नुभयो। खोल बाबु ९भनेँ०।हाहु गर्नुभयो, मैले साथै दिएँ।
मैले साँच्चै के भने रविले यत्रो सहकारीमा केके गरेको छ भन्ने विश्वास त के, आशंका पनि थिएन, साँच्चै।यत्रो पूरै वासिङ मेसिनमा पनि तीनपल्ट धोएजस्तो कुरा गर्छन्। कसरी ठान्ने मैले, मैले ठानिनँ।
छानबिन समिति बनाउनुपर्छ भनेर पार्लियामेन्टमा कुरा उठ्दा पनि ‘यसरी समिति बनाउनुहुँदैन, यो अनुमानका भरमा केही कुरा उठ्यो भन्दैमा एकजना व्यक्तिको रूपमा उठाउनुहुन्न’ भनेँ।
पछि रवि आफैले के भन्नुभयो भने ‘केही छैन मलाई, समिति बनाऔँ।’ सर्वदलीय बैठकमै पनि बोल्नुभयो( छानबिन समिति बनाइयोस्।
उहाँ चम्किनुभयो। प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो र ‘उहाँले नै भन्नुभएको छ भने बनाऊँ’ भन्नुभयो।
म त समहत छैन तर तपाईँहरू भन्नुहुन्छ भने समिति बनाऊँ मानिदिन्छु।समिति बनाएको त तोकेर भन्यो। जहाँ उहाँको पार्टीको र अरु पार्टीको पनि सदस्य हुनुन्छ। माओवादी पार्टीको पनि हुनुहुन्छ।नाम तोकेर ‘कारबाही गर्नू’ भनेर सिफारिस भयो। त्यो प्रहरीमा पुग्यो। सभामुखलाई दिएपछि त्यो सरकारलाई, गृहमन्त्रीलाई पठाउनुभयो होला। त्यो त मेरो हातमा पर्ने कुरा पनि भएन। त्यो त अब ब्युरोक्रेसीको हातमा गयो। प्रहरीमा गयो कि गृह मन्त्रालय गयो किरु छानबिन अध्ययनको क्रम सुरु भयो।छानबिन अध्ययनको क्रम सुरु भएपछि उहाँलाई गिरफ्तार गरेर कारबाही गर्ने अवस्था सम्मानित अदालतले देख्यो। उहाँलाई इन्क्वायरी ९अनुसन्धान०का लागि त्यहाँ राखेको छ। निर्दोष हुनुहुन्छ भने सफाइ पाउनुहुन्छ। मैले गरेर सफाइ पाएको होइन है त्यो, सफाइ पाउनुभयो भने। पर्नुभयो भने मैले गरेर परेको होइन है, उहाँका कर्मले पर्‍या हो।

प्रकाशित : ३० कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६